‘हाउडेमाया’को तीज गीत सुन्ने होइन ?
सारांश
- लोकदोहोरी गायिकाहरुलाई अहिले तीज गीत रेकर्ड गर्न र गीतको भिडियो सार्वजनिक गर्न भ्याई नभ्याई छ ।
- हरेक दिन अहिले दर्जनको हाराहारीमा तीज गीत सार्वजनिक भइरहेका छन् ।
- तीजको अवसर पारेर श्रोतालाई आफ्नो गीत सुनाउन गायिका सृजर्ना खत्री ‘हाउडेमाया’ पनि नयाँ तीज लिएर आएकी छिन् ।
लोकदोहोरी गायिकाहरुलाई अहिले तीज गीत रेकर्ड गर्न र गीतको भिडियो सार्वजनिक गर्न भ्याई नभ्याई छ । हरेक दिन अहिले दर्जनको हाराहारीमा तीज गीत सार्वजनिक भइरहेका छन् । तीजको अवसर पारेर श्रोतालाई आफ्नो गीत सुनाउन गायिका सृजर्ना खत्री ‘हाउडेमाया’ पनि नयाँ तीज लिएर आएकी छिन् । उनको ‘कर्कलाको पात’ बोलको गीत हालै सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा स्वर मात्रै होइन शव्द र संगीत पनि सृजनाकै रहेको छ ।

गीतको भिडियोमा पनि सृजना आफैले अभिनय गरेकी छिन् । भिडियोमा तीजको समय घरभन्दा टाढा रहेकी चेलीबेटीको मनोदशालाई प्रस्तुत गरिएको छ । भिडियोमा अग्रज कलाकार बसुन्धरा भुषालको पनि अभिनय रहेको छ । सृजना र बसुन्धरा बाहेक दिपासा बिसी र हेमानी ढुंगेलले पनि अभिनय गरेका छन् ।
गीतमा श्याम स्वेत रसाईलीको संगीत संयोजन, विक्रम चौहानको निर्देशन र युवराज खत्रीको छायांकन तथा सम्पादन रहेको छ ।
प्रतिक्रिया