पोर्चुगल र ब्राजिल एक खेल अगावै विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १३, २०७९
|
|
२२ पटक हेरिएको
Shares
पोर्चुगल र ब्राजिल एक खेल अगावै विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश

सारांश

  • काठमाडाैं।
  • पोर्चुगल र ब्राजिल फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेका छन्।
  • पोर्चुगल ब्राजिलले लगातार २-२ खेलमा जीत निकाल्दै एक खेल अगावै नकआउट चरणमा पुग्न सफल भएका हुन्।

काठमाडाैं। पोर्चुगल र ब्राजिल फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेका छन्। पोर्चुगल ब्राजिलले लगातार २-२ खेलमा जीत निकाल्दै एक खेल अगावै नकआउट चरणमा पुग्न सफल भएका हुन्।

आज बिहान लुसले रंगशालामा भएको खेलमा पोर्चुगलले उरुग्वेमाथि २-० गोलको जीत निकालेको हो। २८ वर्षीय राइट विङ्गर ब्रुनो फर्नान्डेजको व्यक्तिगत दुई गोलमा पोर्चुगल आफ्नो दोस्रो खेलमा जीत निकाल्दै अन्तिम सोह्रमा पर्न सफल भएको हो।

त्यसैगरी गएराती सम्पन्न समूह जी अन्तर्गत ब्राजिलले स्वीट्जरल्याण्डलाई १-० गोलले पराजित गर्दै अन्तिम सोह्रमा आफ्नो स्थानमा पक्का बनाएको छ। ब्राजिलको यो लगातार दोस्रो जीत हो।

यसअघि ब्राजिलले सर्वियालाई २-० गोलले पराजित गरेको थियो। साेमबारको खेलमा खेलको ८३औं मिनेटमा सेन्टर मिडफिल्डर क्यास्मिरोले एक मात्र निर्णायक गोल गर्दै ब्राजिललाई जीत दिलाएका थिए। अब ब्राजिलले समूह चरणको अन्तिम क्यामरुनसँग खेल्नेछ।

यता एशियाली राष्ट्र साउथ कोरिया भने हिजोको खेलमा घानासँग पराजित भएपछि साउथ कोरियाको अगाडिको यात्रा निकै कठिन बनेको छ। फिफा विश्कपमा आज दुईवटा खेलहरु खेलिंदैछन्। आजको खेलमा इक्वेडरले सेनेगलसँग प्रतिस्पर्धा गर्दैछ भने नेदरल्याण्डसले आयोजक राष्ट्र कतारसँग खेल्दैछ । यी दुवै खेलहरु एउटै समयमा बेलुकी ८.४५ बजेबाट खेलिने कार्यतालिका रहेको छ।

(https://www.srikotamedical.com/)

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    здк binance алдым-ау коды

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

    Comment Author

    Dang k’y www.binance.com

    Your article helped me a lot, is there any more related content? Thanks!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?