बर्तमान संघियता कुनै पनि हालतमा खारेज हुदैन:सभामुख महरा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १८, २०७५
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • गाईघाट १८,मंसीर।
  • सभामुख कृष्णबहादुर महराले बर्तमान संघियता कुनै पनि हालतमा खारेज नहुने बरु परिमार्जन हुन सक्ने तर खारेज हुन नसक्ने बताएकाछन।
  • आज जिल्ला समन्वय समिति उदयपुरको आयोजनामा समबन्य समीती को सभा हल मा भयको  “संबिधान र संघीयताः कार्यान्वयन र अन्तरसम्बन्ध” बिषयक एक दिने अन्तरक्रिया कार्यक्रममा सहभागि सभामुख महराले सो कुरा बताएका हुन् ।

गाईघाट १८,मंसीर।सभामुख कृष्णबहादुर महराले बर्तमान संघियता कुनै पनि हालतमा खारेज नहुने बरु परिमार्जन हुन सक्ने तर खारेज हुन नसक्ने बताएकाछन।

आज जिल्ला समन्वय समिति उदयपुरको आयोजनामा समबन्य समीती को सभा हल मा भयको  “संबिधान र संघीयताः कार्यान्वयन र अन्तरसम्बन्ध” बिषयक एक दिने अन्तरक्रिया कार्यक्रममा सहभागि सभामुख महराले सो कुरा बताएका हुन् ।

अन्तर संवाद कार्यक्रममा बोल्दै सभामुख महराले दुई शक्तिशाली राष्ट्रको बिचमा रहेको नेपाल दुबै छिमेकीसँग सन्तुलन कायम राखेर अघि बढ्नु पर्ने बताए,उनले दुबै मुलुकसँग सुमधुर सम्बन्ध राख्न सके मात्र संघियता कार्यान्वयनमा मद्धत पुग्ने बताए । अहिले संघियता असफल बनाउन केही तत्व लागि परिरहेको बताउँदै उनले बाह्रय शक्तिको चलखेलबाट जोगाउन निकै सचेत रहनु पर्ने धारणा व्यक्त गरे ।

उनले केन्द्रको मुख ताक्नुभन्दा पनि स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग गर्दै वजारीकरण गर्नुपर्नेमा जोड दिए ।महराले स्थानीय सरकारले मेलमिलाप मै आधारीत न्याय प्राणालीलाई जोड दिनु पर्ने बताए ।

स्थानीय जन प्रतिनिधिले दण्ड जरिवाना तोक्ने परिपाटी छाडेर मेलमिलापको नीति अंगिकार गरेर न्याय सम्पादन गर्नु पर्ने बताए ।

त्यसैगरि तीनै तहको  कानुनी अन्तरसम्बन्ध बारे प्रशासकीय अदालतका प्रमुख काशिराज दाहाल र बरिष्ठ अधिबक्ता शभु थापाले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्ने छ ।

जिल्ला समबन्य समीती उदयपुर ले आयोजना गरेको सो कार्यक्रम मा प्रदेशनं १ का सभामुख प्रदिपराज भण्डारी, उपसभामुख सरस्वती पोखरेल, प्रतिनिधिसभाका र प्रदेशसभाका सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, सदस्य, जिल्लाका ८ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका  प्रमुख, संचारकर्मी र पार्टीका  प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?