भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि आयोग गठन गर्न भट्टराईको भनाइ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २६, २०८०
|
|
३५ पटक हेरिएको
Shares
भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि आयोग गठन गर्न भट्टराईको भनाइ

सारांश

  • लुम्बिनी ।
  • पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने बताएका छन् ।
  • उनले विगतका आयोगजस्तो नभई भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्चस्तरीय आयोग गठनको आवश्यकता रहेको बताए ।

लुम्बिनी । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने बताएका छन् ।

उनले विगतका आयोगजस्तो नभई भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्चस्तरीय आयोग गठनको आवश्यकता रहेको बताए । बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री भट्टराईले भ्रष्टाचार निर्मूल पार्नका लागि व्यक्ति व्यक्तिलाई मात्रै कारबाही गरेर नहुने जनाउँदै संरचनागत ढङ्गले जानुपर्ने बताए ।

उनले देशको प्रमुख कार्यकारीमाथि नै प्रश्न उठेको अवस्थामा उच्चस्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्नु आवश्यक रहेको बताए । संसद्मा प्रमुख विपक्षी दल नेकपा (एमाले)ले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु अधिकारको कुरा भएको बताए ।

ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आफूमाथि पनि छानबिन गर्नुपर्ने आदेश दिएको विषयमा उनले आफू सहयोग गर्न तयार रहेको बताए । “मेरो पालामा थोरै एउटा सानो निर्णय भएको रहेछ, त्यो मेरो व्यक्तिगत कुरा थिएन”, भट्टराईले भने, “म बयान दिन म तयार छु ।”

पार्टीको प्रदेशस्तरीय प्रशिक्षण अभियान लिएर हिँडेका अध्यक्ष भट्टराईले संविधान जारीपछि माओवादी आन्दोलनको कार्यभार पूरा भएकाले आफू त्यसभन्दा पनि अघि बढेको बताए । मुलुकमा नयाँ र वैकल्पिक शक्तिको खाँचो औँल्याउँदै उनले सोहीअनुसार नेसपा अघि बढेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादीका सबै मन्त्री बिना विभागीय , कस्लाई के जिम्‍मेवारी हेर्नुहोस सूचीसहित !
माओवादीका सबै मन्त्री बिना विभागीय , कस्लाई के जिम्‍मेवारी हेर्नुहोस सूचीसहित !
शिक्षा क्षेत्र सुधारको माग गर्दै विद्यार्थीद्वारा अनशन
शिक्षा क्षेत्र सुधारको माग गर्दै विद्यार्थीद्वारा अनशन
बाढी र वर्षाले कन्त बिजोग ! तैपनि कम छैन मतदातामा उत्साह ;
बाढी र वर्षाले कन्त बिजोग ! तैपनि कम छैन मतदातामा उत्साह ;
बजेटप्रति राजेन्द्र महतोको टिप्पणी : संघीयता असफल पार्ने खेल
बजेटप्रति राजेन्द्र महतोको टिप्पणी : संघीयता असफल पार्ने खेल
नरेन्द्र मोदीको नागरिक अभिनन्दन अस्वाभाविक र अनावश्यक : कमल थापा
नरेन्द्र मोदीको नागरिक अभिनन्दन अस्वाभाविक र अनावश्यक : कमल थापा
आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलद्वारा राजीनामाको घोषणा
आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलद्वारा राजीनामाको घोषणा
राप्रपालाई तत्काल सरकारमा नल्याइने
राप्रपालाई तत्काल सरकारमा नल्याइने
चीनमा ६.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु
चीनमा ६.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु
स्थानीय तहमा पदाधिकारी र कर्मचारीले गरे अर्बौ हिनामिना
स्थानीय तहमा पदाधिकारी र कर्मचारीले गरे अर्बौ हिनामिना
जब आक्रमणकारी र चर्चका पदारीबीच जम्का भेट भयो…
जब आक्रमणकारी र चर्चका पदारीबीच जम्का भेट भयो…

तपाईंले छुटाउनुभयो कि?