मध्यपहाडी लोकमार्ग एक हप्ता बन्द हुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १९, २०७६
|
|
४० पटक हेरिएको
Shares
मध्यपहाडी लोकमार्ग एक हप्ता बन्द हुने

सारांश

  • पुष्पलाल मध्यपहाडी लोकमार्ग एक हप्ताका लागि बन्द भएको छ ।
  • लोकमार्गको दैलेख जिल्लाअन्तर्गत भगवतीमाई गाउँपालिकामा रहेको लोहोरे–बेस्तडा सडकखण्डमा यातायात बन्द गरिएको आयोजनाले जनाएको छ ।
  • लोकमार्गको लोहोरे–बेस्तडा–मन्घर सडकखण्डको छाँच भिरमा भएको ठाडो कडा चट्टानलाई काट्नुपर्ने र यस क्षेत्रको सडक चौडा गर्नुपर्ने भएकाले हिजो शनिबारदेखि यही माघ २४ गतेसम्म सडक बन्द गर्ने आयोजनाले जनाएको छ ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग एक हप्ताका लागि बन्द भएको छ । लोकमार्गको दैलेख जिल्लाअन्तर्गत भगवतीमाई गाउँपालिकामा रहेको लोहोरे–बेस्तडा सडकखण्डमा यातायात बन्द गरिएको आयोजनाले जनाएको छ ।

लोकमार्गको लोहोरे–बेस्तडा–मन्घर सडकखण्डको छाँच भिरमा भएको ठाडो कडा चट्टानलाई काट्नुपर्ने र यस क्षेत्रको सडक चौडा गर्नुपर्ने भएकाले हिजो शनिबारदेखि यही माघ २४ गतेसम्म सडक बन्द गर्ने आयोजनाले जनाएको छ । अन्य ठाउँमा सडक चौडा भइसकेको भए पनि यस क्षेत्रको कडा चट्टानले बाटो चौडा बनाउने काम रोकिएको थियो ।

यस क्षेत्रमा पर्ने छाँचको २५० मिटर (भिर) कटान गर्न लागिएको आयोजना कार्यालय दैलेखका प्रमुख इञ्जिनीयर नारायणप्रसाद न्युउरेले बताउनुभयो । चट्टान फोडेर दोहोरो लाइन बनाउने भनिए पनि हाललाई एक लाइन नै बनाउने उहाँले जानकारी दिनुभयो । “एकै चरणमा यो काम सक्नुपर्ने भएकाले एक हप्ताका लागि सडक बन्द गराएर निर्माण कार्य सञ्चालन गर्न लागेका हौँ”, उहाँले भन्नुभयो ।

आयोजना कार्यालय दैलेखका सूचना अधिकारी तुलाराम शर्माले दिनरात काम गरेर पनि सात दिनमा काम सक्ने दाबी गर्नुभयो । लोकमार्ग बन्द हुँदा जाजरकोटका केही स्थान र भगवतीमाई गाउँपालिकाबाट दैलेख तथा सुर्खेत आवतजावतसमेत केही दिन प्रभावित हुने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निहारिकालाई भेटन त्रिवि शिक्षण अस्पताल पुगे कानुनमन्त्री, न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्ने
निहारिकालाई भेटन त्रिवि शिक्षण अस्पताल पुगे कानुनमन्त्री, न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्ने
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट, के भयाे छलफल ?
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट, के भयाे छलफल ?
Democrats’ big victories in Virginia and New Jersey
Democrats’ big victories in Virginia and New Jersey
राप्रपाको राष्ट्रिय एकता यात्रा स्थगित
राप्रपाको राष्ट्रिय एकता यात्रा स्थगित
अमिषाविरुद्ध अदालतद्वारा वारेन्ट जारी
अमिषाविरुद्ध अदालतद्वारा वारेन्ट जारी
अमेरिकामा प्रधानमन्त्री ओलीले यी ४ वटा देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसंग भेट्दै
अमेरिकामा प्रधानमन्त्री ओलीले यी ४ वटा देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसंग भेट्दै
कानुन बनाउँदा सत्तापक्ष र प्रतिपक्षी नबनौं : अध्यक्ष तिमिल्सिना
कानुन बनाउँदा सत्तापक्ष र प्रतिपक्षी नबनौं : अध्यक्ष तिमिल्सिना
कोरोना संक्रमणबाट विश्वभरमा १ लाख २६ हजार ६०० को मृत्यु
कोरोना संक्रमणबाट विश्वभरमा १ लाख २६ हजार ६०० को मृत्यु
छोरी जन्मने बित्तिकै खातामा पाँच हजार
छोरी जन्मने बित्तिकै खातामा पाँच हजार
पारसले रचे इतिहास: एकदिवसीय शतक हान्ने पहिलो नेपाली
पारसले रचे इतिहास: एकदिवसीय शतक हान्ने पहिलो नेपाली