स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरुः नेकपा एमालेकी अर्यालको सुरुवाती अग्रता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १५, २०७९
|
|
२१ पटक हेरिएको
Shares
स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरुः नेकपा एमालेकी अर्यालको सुरुवाती अग्रता

सारांश

  • स्याङ्जा।
  • स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार पद्मा अर्यालले सुरुवाती अग्रता लिएकी छन्।
  • उनले हालसम्म २ हजार छ सय ४८ मत प्राप्त गरेकी छन्।

स्याङ्जा। स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार पद्मा अर्यालले सुरुवाती अग्रता लिएकी छन्। उनले हालसम्म २ हजार छ सय ४८ मत प्राप्त गरेकी छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले २ हजार २ सय चार मत प्राप्त गरेका छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले पाँच सय दुइ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्।

विगत १० दिनदेखि रोकिएको स्याङ्जा क्षेत्र नं २ को मतगणना बुधबारदेखि सुरु भएको हो। निर्वाचन आयोगले मतगणना गर्न दिएको निर्देशनअनुसार मतगणना सुरु भएको हो। यही मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि गणना हुन सकेको थिएन।

चापाकोट नगरपालिकाका ३, ४ र ५ का चार वटा बुथमा नेपाली कांग्रेसले बुथ कब्जा गरी एकलौटी मतदान गरेको आरोप लगाउँदै नेकपा एमालेले पुनः मतदानको माग गर्दै आइरहेको थियो।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?