डाक्टर केसीलाई काठमाडौं ल्याइयो, थापालाई पनि ल्याउने तयारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ४, २०७५
|
|
२६ पटक हेरिएको
Shares
डाक्टर केसीलाई काठमाडौं ल्याइयो, थापालाई पनि ल्याउने तयारी

सारांश

  • काठमाडौं ।
  • प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा संशोधनको माग राखी इलाममा विगत १० दिनअघि आमरण अनशन शुरु गरेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई आज काठमाडौं ल्याइएको छ ।
  • डाक्टर केसीलाई इलाम अस्पतालबाट राति २ बजेतिर भेन्टिलेटरसहितको एम्बुलेन्समा राखेर झापाको चन्द्रगढी विमानस्थल ल्याइएको र तत्कालै नेपाली सेनाको एमआई १७ नाइटभिजन हेलिकोप्टरमार्फत काठमाडौं ल्यायएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् ।

काठमाडौं । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा संशोधनको माग राखी इलाममा विगत १० दिनअघि आमरण अनशन शुरु गरेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई आज काठमाडौं ल्याइएको छ ।

डाक्टर केसीलाई इलाम अस्पतालबाट राति २ बजेतिर भेन्टिलेटरसहितको एम्बुलेन्समा राखेर झापाको चन्द्रगढी विमानस्थल ल्याइएको र तत्कालै नेपाली सेनाको एमआई १७ नाइटभिजन हेलिकोप्टरमार्फत काठमाडौं ल्यायएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् ।

चिकित्सा विधेयकमा कुनै संशोधन नगरी हुबहु अनुमोदन गर्नुपर्नेलगायत मागसहित इलाममै विगत आठ दिनअघि आमरण अनशन बसेका विद्यार्थी विजय थापाको स्वास्थ्य स्थिति नाजुक बन्दै गएकाले आजै काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ ।

डाक्टर केसीको स्वास्थ्य अवस्थाका कारण थापालाई पनि एउटै हेलिकोप्टरमार्फत काठमाडौँ लैजाने तयारी सम्भव नभएको बताइएको छ । आज बिहान ३ बजेतिर झापा ल्याइएको अनशनरत थापालाई भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा चिकित्सकको रेखदेखमा राखिएको छ ।

थापालाईसमेत काठमाडौं ल्याउने तयारी भएको र टिचिङ अस्पतालमै लगिने थापाका निकट सहयोगी पुष्प भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?