खेलकुदमा राजनीति घुसपैठ गर्न नहुने – खेलकुद मन्त्री

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १९, २०७४
|
|
६४ पटक हेरिएको
Shares
खेलकुदमा राजनीति घुसपैठ गर्न नहुने – खेलकुद मन्त्री

सारांश

  • काठमाडौँ, १९ साउन ।
  • युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उपयुक्त माध्यम खेलकुद भएकाले यसमा कसैबाट पनि राजनीतिकरण र घुसपैठ हुन नहुने बताउनुभएको छ ।
  • आज यहाँ आयोजित स्वागत कार्यक्रममा उहाँले खेलकुदमा देखिएका राजनीतिकरण न्यूनीकरण गर्न आफ्नो ध्यान केन्द्रित रहने दाबी गर्नुभयो ।

काठमाडौँ, १९ साउन । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उपयुक्त माध्यम खेलकुद भएकाले यसमा कसैबाट पनि राजनीतिकरण र घुसपैठ हुन नहुने बताउनुभएको छ ।

आज यहाँ आयोजित स्वागत कार्यक्रममा उहाँले खेलकुदमा देखिएका राजनीतिकरण न्यूनीकरण गर्न आफ्नो ध्यान केन्द्रित रहने दाबी गर्नुभयो ।

मन्त्री केसीले खेलकुद क्षेत्रलाई विशुद्व व्यावसायिक बनाउने र सन् २०१९मा घरेलु मैदानमा नै आयोजना हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारीलाई तीव्रता दिने बताउनुभयो ।

उहाँले विनाशकारी भूकम्पका कारण क्षतविक्षत भएका खेलकुदसंग सम्बन्धित भौतिक पूर्वाधारको पुनःनिर्माणमा जोड दिने र आगामी सागका लागि रंगशाला निर्माण कार्यलाई अघि बढाउनेमा जोड दिनुभयोे ।

देश संघीयतामा गइसकेकाले आगामी दिन सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणमा विशेष पहल गर्ने मन्त्री केसीको भनाइ थियो ।

विद्यालयस्तरदेखि नै खेलकुद गतिविधिलाई प्राथमिकताका साथ अगाडि बढाउन सके खेल र खेलाडीको विकास हुने थियो भन्दै उहाँले खेलाडीको वृत्ति विकासमा आफ्नो तर्फबाट सक्दो पहल गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले मन्त्री केसीको सफलताको कामना गर्दै सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशैँमा पशुबलि रोक्न ७७ वटै जिल्लामा अभियान !
दशैँमा पशुबलि रोक्न ७७ वटै जिल्लामा अभियान !
यस्तो छ आइबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आइबारका लागि विदेशी मुद्राको विनिमय दर
३२० पालिका प्रमुखमा कांग्रेसको जित
बाबा गुरमित राम रहिम सहीत् अन्य ३ जना लाई जन्मकैद
बाबा गुरमित राम रहिम सहीत् अन्य ३ जना लाई जन्मकैद
भारत र पाकिस्तानबीचको खेल बर्षाका कारण रद्द, दुवै टिमलेअंक बाँडे
भारत र पाकिस्तानबीचको खेल बर्षाका कारण रद्द, दुवै टिमलेअंक बाँडे
प्रेस स्वतन्त्रता सङ्कुचन पार्ने कानून संशोधन गरिने
प्रेस स्वतन्त्रता सङ्कुचन पार्ने कानून संशोधन गरिने
ललितानिवास प्रकरणः प्रधानमन्त्रीदेखि खरिदारसम्म दोषी
ललितानिवास प्रकरणः प्रधानमन्त्रीदेखि खरिदारसम्म दोषी
अलराउन्डर वरियतामा सन्दिपको २२ स्थान सुधार, दीपेन्द्र र कुशलकाे वरियता खस्कियो
अलराउन्डर वरियतामा सन्दिपको २२ स्थान सुधार, दीपेन्द्र र कुशलकाे वरियता खस्कियो
नुवाकोट दरबारको पुनःनिर्माण छिट्टै सुरु हुन्छ : चिनियाँ राजदूत छन् सोङ
नुवाकोट दरबारको पुनःनिर्माण छिट्टै सुरु हुन्छ : चिनियाँ राजदूत छन् सोङ
सातवटै मुख्यमन्त्रीको गुनासो : बजारमा स्वास्थ्य सामाग्री पाइँदैन
सातवटै मुख्यमन्त्रीको गुनासो : बजारमा स्वास्थ्य सामाग्री पाइँदैन