अलराउन्डर वरियतामा सन्दिपको २२ स्थान सुधार, दीपेन्द्र र कुशलकाे वरियता खस्कियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ९, २०८१
|
|
४२ पटक हेरिएको
Shares
अलराउन्डर वरियतामा सन्दिपको २२ स्थान सुधार, दीपेन्द्र र कुशलकाे वरियता खस्कियो

सारांश

  • काठमाडौं।
  • नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा २२ स्थान सुधार गरेका छन्।
  • अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरियतामा सन्दीप ४१औँ स्थानमा उक्लिएका छन्।

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा २२ स्थान सुधार गरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरियतामा सन्दीप ४१औँ स्थानमा उक्लिएका छन्।

अलराउन्डर वरियतामा नेपालका दीपेन्द्रसिंह ऐरी ४८औँ, कुशल मल्ल ५१औँ, सोमपाल कामी ५३,औँ करण केसी ७६औँ, गुलशन झा ९०औँ र ललित राजवंशी ९४औँ स्थानमा छन् ।

दीपेन्द्र र कुशल ६ स्थान तल झरेका छन् भने करणले ११, गुलशनले १३ र ललितले एक स्थान सुधार गरेका छन् । सोमपाल यथावत स्थानमा छन्।

वरियताको शीर्षस्थानमा अफगानिस्तानका मोहम्मद नवी छन्।

यस्तै ब्याटिङतर्फ आसिफ शेख ७९औँ, कुशल भुर्तेले ८०औँ र रोहितकुमार पौडेल ८७औँ स्थानमा छन् । रोहितको वरियता यथावत् रहेको छ भनेआसिफ ११ र कुशल चार स्थान तल झरेका छन्। ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम शीर्षस्थानमा छन्।

बलिङतर्फ सन्दीप लामिछाने ४८औँ, ललित राजवंशी ५२औँ, दीपेन्द्रसिंह ऐरी ६४औँ, करण केसी ८७औँ र सोमपाल कामी ८८औँ स्थानमा छन् । बलिङमा सन्दीपको वरियता यथावत् छ भने ललित दुई, दीपेन्द्र एक र सोमपाल १३ स्थान तल झर्नुभएको छ। करणले चार स्थान सुधार गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकतन्त्रको रक्षाका लागि जनता सजग छन् : प्रथम राष्ट्रपति डा यादव
लोकतन्त्रको रक्षाका लागि जनता सजग छन् : प्रथम राष्ट्रपति डा यादव
अर्थ समाचार : नुबियाले स्मार्ट फोनको मूल्य घटायो
अर्थ समाचार : नुबियाले स्मार्ट फोनको मूल्य घटायो
गच्छेदारलाई कांग्रेस प्रवेश : निल्नु न ओकल्नु !
गच्छेदारलाई कांग्रेस प्रवेश : निल्नु न ओकल्नु !
तमोर र कमला नदीमा जलसतह खतरा तह आसपास, उच्च सतर्कता अपनाउन अपिल
तमोर र कमला नदीमा जलसतह खतरा तह आसपास, उच्च सतर्कता अपनाउन अपिल
लोकमानलाई कालोमोसो दल्ने युवा विप्लव नेतृत्वको विद्यार्थी संगठनको महासचिव
लोकमानलाई कालोमोसो दल्ने युवा विप्लव नेतृत्वको विद्यार्थी संगठनको महासचिव
सुपथ मूल्य पसल माघसम्म निरन्तर हुने
सुपथ मूल्य पसल माघसम्म निरन्तर हुने
ग्रिजम्यानको ‘डेब्यु’ खेलमा बार्सिलोना चेल्सीसँग पराजित
ग्रिजम्यानको ‘डेब्यु’ खेलमा बार्सिलोना चेल्सीसँग पराजित
फरार अभियुक्त लुरुलुरु प्रहरीसामू आए, पक्राउपछि हत्कडीसहित भागे
मुख्यमन्त्रीले गरे आफ्नी छोरीको भर्ना सरकारी विद्यालयमा
मुख्यमन्त्रीले गरे आफ्नी छोरीको भर्ना सरकारी विद्यालयमा
जहाज दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयाेग गठन, भोलि राष्ट्रिय झण्डा आधा झुकाइने
जहाज दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयाेग गठन, भोलि राष्ट्रिय झण्डा आधा झुकाइने