एमाले–माओवादीको कुरा नमिल्दा प्रदेश ६ मा सरकार गठनमा ढिलाइ

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २९, २०७४
|
|
२६ पटक हेरिएको
Shares
एमाले–माओवादीको कुरा नमिल्दा प्रदेश ६ मा सरकार गठनमा ढिलाइ

सारांश

  • काठमाडौं, २९ माघ – प्रदेश ६ मा सरकार गठन, सभामुखको चयनलगायतका विषयमा एमाले र माओवादीबीच अलमल देखिएको छ ।
  • दुवै दलले संसदीय दलको नेता चयन गरेको भए पनि सरकार गठन, सभामुखको चयनलगायतका विषयमा छलफल गरेका छैनन् ।
  •  आजको नयाँ पत्रिका दैनिकमा योगेश ढकालले खबर लेखेका छन् ।

काठमाडौं, २९ माघ – प्रदेश ६ मा सरकार गठन, सभामुखको चयनलगायतका विषयमा एमाले र माओवादीबीच अलमल देखिएको छ । दुवै दलले संसदीय दलको नेता चयन गरेको भए पनि सरकार गठन, सभामुखको चयनलगायतका विषयमा छलफल गरेका छैनन् । आजको नयाँ पत्रिका दैनिकमा योगेश ढकालले खबर लेखेका छन् ।

माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले भने, ‘अहिलेसम्म त्यस विषयमा छलफल भएको छैन ।’ यससँगै एमाले र माओवादीबीच मन्त्रालयको बाँडफाँडका विषयमा पनि छलफल हुन सकेको छैन ।

सरकार गठन र मन्त्रालय बाँडफाँडलगायतका विषयमा अहिलेसम्म दुई दलबीच छलफल नभएको एमाले नेता प्रकाश ज्वालाले बताए । उनले भने, ‘अहिले एमालेबाट कसको नेतृत्वमा सरकारमा जाने भन्ने पनि टुंगो लागेको छैन ।’

वाम गठबन्धनको सहमतिअनुसार यो प्रदेशमा मुख्यमन्त्रीसहित माओवादीले तीन र एमालेले चार मन्त्रालय पाउनेछन् । तर, प्रदेशमा भने एमाले र माओवादीबीच मन्त्रालय भागबन्डाका विषयमा औपचारिक छलफल भएको छैन ।

‘कुन मन्त्रालय कसले लिने भन्ने विषयमा छलफल भइसकेको छैन, सभामुखको घोषणापछि छलफल सुरु हुन्छ,’ माओवादी नेता शाहीले भने ।

मन्त्रीका आकांक्षी धेरै
एमाले र माओवादीका प्रदेश सभा सदस्यमध्ये अधिकांश मन्त्रीका आकांक्षी छन् । एमालेबाट हुम्लाका दल रावल, सल्यानका गुलावजंग शाह, दैलेखका अमरबहादुर थापा, मुगुका चन्द्रबहादुर शाही, सुर्खेतका खड्कबहादुर खत्री, मीना सिंह रख्याल दाबेदार छन् ।

त्यस्तै माओवादीबाट नरेश भण्डारी, सीता नेपाली, धर्मराज रेग्मी, विमला केसी, विन्दमान विष्ट, रातो कामी, गोपाल शर्मा, गणेश सिंह, पुष्पा घर्ती दाबेदार छन् । भण्डारी र नेपाली मुख्यमन्त्रीका समेत दाबेदार रहेका थिए ।

एमालेमा छलफल नै भएन
कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा एमालेभित्र छलफल हुन सकेको छैन । एमाले पोलिटब्युरो सदस्य प्रकाश ज्वालाको नेतृत्वमा सरकारमा जाने चर्चा छ । ज्वालाकै प्रस्तावमा यामलाल कँडेललाई संसदीय दलको नेतामा चयन गरिएको थियो । एमालेले आन्तरिक मामिला तथा कानुन मन्त्रालायसहित चार मन्त्रालय पाउनेछ ।

सभामुखमा शाही निर्विरोध 
प्रदेश ६ को सभामुखमा एमालेका सांसद राजबहादुर शाही आइतबार निर्विरोध निर्वाचित भएका छन् । प्रदेश सभा सदस्यको सचिवालयमा शाहीको मात्रै उम्मेदवारी प-यो । आइतबार दिउँसो १ः३० देखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तय गरिएको थियो ।

सोमबार दिउँसो १ बजे प्रदेश सभा बैठकमा शाहीको उम्मेदवारी निर्णयार्थ पेस गरी निर्वाचित भएको घोषणा गरिने सचिवालयका सचिव कृष्णहरि खड्काले बताए । एमालेका प्रदेश सभा सदस्य प्रकाश ज्वाला प्रस्तावक र माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही समर्थक रहेका छन् ।

उपसभामुख ५ फागुनमा 
उपसभामुखको निर्वाचन भने ५ फागुनमा हुनेछ । वाम गठबन्धनबीच भएको सहमतिअनुसार सभामुख एमाले र उपसभामुख माओवादीले पाउनेछ । तर, माओवादीबाट कसलाई उपसभामुख बनाउने भन्नेमा सहमति जुटेको छैन । सीता नेपाली, विमला केसी, कृष्णा शाह दाबेदार रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीर अस्पतालको उपकुलपतिका लागि को – को छन् दाैडमा ?
वीर अस्पतालको उपकुलपतिका लागि को – को छन् दाैडमा ?
स्वतन्त्र उम्मेदवार दीपक मनाङे बने प्रदेश सभा सांसद
स्वतन्त्र उम्मेदवार दीपक मनाङे बने प्रदेश सभा सांसद
सारा र कार्तिकको अफेयरमा अमृता भिलेन !
सारा र कार्तिकको अफेयरमा अमृता भिलेन !
कोशी प्रदेशमा कांग्रेसका थापालाई मुख्यमन्त्री बनाउने सत्तारूढ गठबन्धनको निर्णय
कोशी प्रदेशमा कांग्रेसका थापालाई मुख्यमन्त्री बनाउने सत्तारूढ गठबन्धनको निर्णय
उद्योगीको सरकारलाई हेर्ने दृष्टिकोण ठीक भएन : मन्त्री यादव
उद्योगीको सरकारलाई हेर्ने दृष्टिकोण ठीक भएन : मन्त्री यादव
कांग्रेस जिल्ला सभापतिहरुको भेलाले ३८ बुँदे घोषणापत्र, समानुपातिकबाट एकपटक मात्र अवसर
कांग्रेस जिल्ला सभापतिहरुको भेलाले ३८ बुँदे घोषणापत्र, समानुपातिकबाट एकपटक मात्र अवसर
दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय
दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय
हिन्दीलाई बढवा दिएको भन्दै युवाहरू आन्दोलित, फोरम र राजपाको झन्डा जलाइयो
हिन्दीलाई बढवा दिएको भन्दै युवाहरू आन्दोलित, फोरम र राजपाको झन्डा जलाइयो
भरतपुर महानगरपालिका, अहिलेसम्मको मतगणनाको नतिजा
भरतपुर महानगरपालिका, अहिलेसम्मको मतगणनाको नतिजा
बौद्धिक चोरी रोक्न चिकित्सक एकजुट हुने
बौद्धिक चोरी रोक्न चिकित्सक एकजुट हुने

तपाईंले छुटाउनुभयो कि?