यस्तो छ आजको मौसम
सारांश
- काठमाडौँ ।
- आज प्रायः देशभरि मौसम सफा रहनेछ ।
- अहिले प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहि देशका बाँकी भूभागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँ । आज प्रायः देशभरि मौसम सफा रहनेछ । अहिले प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहि देशका बाँकी भूभागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो पनि प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । राती पनि बागमती प्रदेश र मधेश प्रदेश लगायत प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
तर भोलि सोमबारबा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया