जुवा खालमा प्रहरीको छापा, छतबाट हाम फालेर भाग्दा २ जनाको मृत्यु, २३ पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २०, २०७५
|
|
४९ पटक हेरिएको
Shares
जुवा खालमा प्रहरीको छापा, छतबाट हाम फालेर भाग्दा २ जनाको मृत्यु, २३ पक्राउ

सारांश

  • काठमाडौं ।
  • काठमाडौंको मुलपानीमा जुवा खेल्दै गरेको बेला प्रहरीले छापा मार्दा २ जनाको मृत्यु भएको छ भने २३ जना पक्राउ परेका छन् ।
  • गएराति प्रहरीले जुवा खेलिरहेको एक घरमा छापा मार्ने क्रममा घरको छतबाट हाम फाल्दै भाग्ने क्रममा भाग्दा २ जनाको मृत्यु भएको हो ।

काठमाडौं । काठमाडौंको मुलपानीमा जुवा खेल्दै गरेको बेला प्रहरीले छापा मार्दा २ जनाको मृत्यु भएको छ भने २३ जना पक्राउ परेका छन् ।

गएराति प्रहरीले जुवा खेलिरहेको एक घरमा छापा मार्ने क्रममा घरको छतबाट हाम फाल्दै भाग्ने क्रममा भाग्दा २ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार सोमलाल तामाङ र सरोज घलेको मृत्यु भएको हो ।

प्रहरी पुगेपछि घरको छतबाट भाग्ने क्रममा टिनमा ठोकिएर ती दुईजना गम्भीर घाइते भएका थिए । त्यसपछि उपचारको क्रममा ललितपुरको बिएण्डबि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जुवा खेलिरहेका २३ जनालाई पक्राउ गरेको छ ।

डीएसपी होबिन्द्र बोगटीको नेतृत्वमा मुलपानीको एक घरमा छापा मारिएको थियो । सादा पोशाकमा रहेका प्रहरीले छापा मार्दा जुवा खेलिरहेकाहरु भागाभाग गरेका थिए । प्रहरीले अन्य २३ जना जुवा खेलिरहेकालाई पक्राउ गरेको छ । जुवा खालबाट ४ लाखभन्दा बढीको नगद, मोटरसाइकल, रक्सी बरामद गरेको छ।

घटनास्थललाई नियन्त्रणमा लिनको लागि बौद्ध प्रहरी, बानेश्वर प्रहरी र गौशालाबाट समेत प्रहरी परिचालन गरिएको थियो।

गोप्य सूचनाको आधारमा एक घरको तेस्रो तलामा राति ११ बजे जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो । गेटमा ताला लगाएर जुवा खेलिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

(www.disabilityhelpcenter.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार वा बाइक पानीमा डुबेको छ भने यी ३ गल्ती झुक्किएर पनि गर्न हुँदैन
कार वा बाइक पानीमा डुबेको छ भने यी ३ गल्ती झुक्किएर पनि गर्न हुँदैन
चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरुमा छलफल
चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरुमा छलफल
मनाेरञ्जन समाचार : मेरी बास्सैबाट किन बाहिरिए बल्छी र राजु मास्टर ?
मनाेरञ्जन समाचार : मेरी बास्सैबाट किन बाहिरिए बल्छी र राजु मास्टर ?
कस्ताे रहनेछ आजकाे माैसम ?
कस्ताे रहनेछ आजकाे माैसम ?
यमनको सैनिक परेडमा क्षेप्यास्त्र आक्रमण, ३२ को मृत्यु
यमनको सैनिक परेडमा क्षेप्यास्त्र आक्रमण, ३२ को मृत्यु
नेपालको खराब ब्याटिङ, १ सय ४ रनको झिनो लक्ष्य प्रस्तुत
नेपालको खराब ब्याटिङ, १ सय ४ रनको झिनो लक्ष्य प्रस्तुत
नक्कली शरणार्थी प्रकरणः खाँणकाे सबालमा न्यायधिस बिचमा राय बाझियाे
नक्कली शरणार्थी प्रकरणः खाँणकाे सबालमा न्यायधिस बिचमा राय बाझियाे
प्रधानमन्त्री देउवाले चुनाव सार्ने हल्ला नगर्न आग्रह
प्रधानमन्त्री देउवाले चुनाव सार्ने हल्ला नगर्न आग्रह
अब डिआइजी उत्तम सुवेदीको ध्यान निर्मला पन्तको हत्यारातर्फ
अब डिआइजी उत्तम सुवेदीको ध्यान निर्मला पन्तको हत्यारातर्फ
गृह मातहतका सबै निकायमा ढिलासुस्ती गरिएमा मान्य नहुने गृहमन्त्रीको चेतावनी
गृह मातहतका सबै निकायमा ढिलासुस्ती गरिएमा मान्य नहुने गृहमन्त्रीको चेतावनी