मन्त्रिपरिषदको बैठक ५ बजे बस्दै
सारांश
- काठमाडौं, २६ साउन ।
- मन्त्रिपरिषदको बैठक आज बेलुका ५ बजे बस्ने भएको छ ।
- आजको बैठकमा कोरोना सम्बन्धि महत्वपुर्ण निर्णय हुने बुझिएको छ ।
काठमाडौं, २६ साउन । मन्त्रिपरिषदको बैठक आज बेलुका ५ बजे बस्ने भएको छ । आजको बैठकमा कोरोना सम्बन्धि महत्वपुर्ण निर्णय हुने बुझिएको छ । कोरोना संक्रमणको सख्यामा बढ्दै गए पछि भदौ १ बाट संचालन हुने भनिएको हवाई उडान र लामो दुरीको सार्वजनिक यायातातको सम्बन्धमा निर्णय हुने जनाइएको छ ।
भदौ १ गतेबाट स्कुल भर्ना र किताब वितरण कार्यक्रम गर्न दिने मन्त्रिपरिषदले निर्णय गरेकोमा आज बस्ने बैठकले केहि महिना पछि सार्ने बारेमा पनि निर्णय गर्नेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया