पेट्रोलियम पदार्थको खुला रूपमा बिक्री वितरण नगर्न प्रहरीको अनुरोध

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ११, २०७९
|
|
२६ पटक हेरिएको
Shares
पेट्रोलियम पदार्थको खुला रूपमा बिक्री वितरण नगर्न प्रहरीको अनुरोध

सारांश

  • काठमाडौँ ।
  • नेपाल प्रहरीले अति प्रज्वलनशील पेट्रोलियम पदार्थलाई खुला रूपमा बिक्री वितरण नगर्न अनुरोध गरेको छ ।
  • जिल्ला प्रहरी परिसर काठमाडौँले गए राती सूचना जारी गरी पेट्रोलियम पदार्थको खुला रूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवं भौतिक क्षतिसमेत हुने भएकाले बिक्री वितरण नगर्न अनुरोध गरेको हो ।

काठमाडौँ । नेपाल प्रहरीले अति प्रज्वलनशील पेट्रोलियम पदार्थलाई खुला रूपमा बिक्री वितरण नगर्न अनुरोध गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँले गए राती सूचना जारी गरी पेट्रोलियम पदार्थको खुला रूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवं भौतिक क्षतिसमेत हुने भएकाले बिक्री वितरण नगर्न अनुरोध गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पछिल्लो समय काठमाडौँका केही पेट्रोल पम्पबाट खुला रूपमा बोतल, जर्किनलगायत भाँडोमा अति प्रज्वलनशील पदार्थ बिक्री वितरण भएको भन्दै त्यसलाई तत्काल रोक्न पेट्रोल पम्प सञ्चालकलाई आग्रह गर्नुभएको छ ।

पेट्रोल पम्पबाट सिँधै सवारी साधनमा भर्ने बाहेक खुला रूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न, नगराउन सञ्चालकलाई सूचित गरिएको प्रहरीले जनाएको छ ।

मङ्गलवार दिउँसो एक युवाले काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेपछि प्रहरीले उक्त सूचना सार्वजनिक गरेको हो ।

सुरक्षा संवेदनशीलताको सूचना विपरीत पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानुनबमोजिम हदैसम्मको कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।

(madisonavenuemalls.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश पुगेर गर्जिए गगन थापा
सुनको मूल्यमा एकैदिन अठार सयको वृद्धि
सुनको मूल्यमा एकैदिन अठार सयको वृद्धि
विश्वासको मत प्राप्त गर्नेसम्बन्धी विषय कार्यसूचीमा राख्न प्रधानमन्त्रीको अनुरोध
विश्वासको मत प्राप्त गर्नेसम्बन्धी विषय कार्यसूचीमा राख्न प्रधानमन्त्रीको अनुरोध
संविधान बनाउँदा नेपाली कांग्रेसका नेता गाँजा खाएर बसेका थिए ? (चर्काचर्की भिडियो)
संविधान बनाउँदा नेपाली कांग्रेसका नेता गाँजा खाएर बसेका थिए ? (चर्काचर्की भिडियो)
वैशाख ९ गतेको राशिफल यस्तो छ थाहा पाउनुस्
आयोजकको सेक्स प्रस्ताव नमानेपछि रातारात मेरो नाम चेन्ज गरियो : मोडल प्रमिला न्यौपाने
आयोजकको सेक्स प्रस्ताव नमानेपछि रातारात मेरो नाम चेन्ज गरियो : मोडल प्रमिला न्यौपाने
कार्तिक आर्यन र सारा अली खानको ब्रेकअप,यस्तो छ कारण ?
कार्तिक आर्यन र सारा अली खानको ब्रेकअप,यस्तो छ कारण ?
अनाथ बालबालिकाहरुको सहयोगार्थ भएकाे ज्ञान महायज्ञ शिबपुराण सम्पन्न !
अनाथ बालबालिकाहरुको सहयोगार्थ भएकाे ज्ञान महायज्ञ शिबपुराण सम्पन्न !
सर्वाेच्चकाे आदेशपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल के हुन्छ?
सर्वाेच्चकाे आदेशपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल के हुन्छ?
तनहुँ मतपरिणामः सर्वेन्द्र खनाल झन्डै ७ हजार तथा भटराई ५ हजारले पछाडी
तनहुँ मतपरिणामः सर्वेन्द्र खनाल झन्डै ७ हजार तथा भटराई ५ हजारले पछाडी

तपाईंले छुटाउनुभयो कि?