कार्तिक आर्यन र सारा अली खानको ब्रेकअप,यस्तो छ कारण ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ६, २०७६
|
|
१७ पटक हेरिएको
Shares
कार्तिक आर्यन र सारा अली खानको ब्रेकअप,यस्तो छ कारण ?

सारांश

  • मुम्बई ।
  • बलिवुडका अहिलेका चर्चित प्रेमी कार्तिक आर्यन र सारा अली खानको ब्रेकअपको खबर आएको छ ।
  • टाइम्स इंडियाका अनुसार आफ्नो व्यस्तताका कारण आफ्नो प्रेम जीवनलाई पूर्ण विराम लगाएका छन् ।

मुम्बई । बलिवुडका अहिलेका चर्चित प्रेमी कार्तिक आर्यन र सारा अली खानको ब्रेकअपको खबर आएको छ । टाइम्स इंडियाका अनुसार आफ्नो व्यस्तताका कारण आफ्नो प्रेम जीवनलाई पूर्ण विराम लगाएका छन् ।ब्रेकअपपछि कार्तिक आर्यन मुम्बईस्थित एक स्टुडियोबाट बाहिर निस्किएको तस्वीरलाई संकेत गर्दै दुवैको ब्रेकअप भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

फोटोग्राफरहरुसँग सधै मुस्कुराएर प्रस्तुत हुने कार्तिकको अनुहारमा मुस्कान गायब देखिएको थियो । पापाराजीले फोटो लिन अनुरोध गर्दा कार्तिकले पोज दिन अश्विकार गरेका थिए । मिडिया रिपोर्टका अनुसार आफ्नो प्रोफेशनल लाइफमा निकै व्यस्त भएका कारण उनीहरु अलग भएको उल्लेख गरिएको छ ।

कार्तिक र साराले अभिनय गरेको फिल्म लव आजकल-२ को शुटिंग सकिएपछि कार्तिक पति पत्नी र वो र त्यस पछि दोस्ताना-२ को शुटिंगमा व्यस्त भएका छन् । त्यस्तै साराले कुली नम्बर वानको रिमेकको शुटिंग गरिरहेकी छन् । लगातार शुटिंगमा व्यस्त भएपछि एक अर्कालाई समय दिन नसकेपछि दुवै अलग हुने निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?