कुचो लिएर राजनीति कुचिकार बनेर राष्ट्रिय राजनीतिलाई नै सफा पार्नेछु ।’ -ढुंगाना ।

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २०, २०७४
|
|
२४ पटक हेरिएको
Shares
कुचो लिएर राजनीति कुचिकार बनेर राष्ट्रिय राजनीतिलाई नै सफा पार्नेछु ।’ -ढुंगाना ।

सारांश

  • रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व सभामुख समेत रहेका ढुंगानाले भक्तपुरमा आफनो राजनीतिक लगानी भएको समेत बताए ।
  • उनले भने- ‘आफूले कुचो लिएर राजनीति कुचिकार बनेर भक्तपुरमा उम्मेदवारी दिएकाले यहाँबाट निर्वाचन जितेर राष्ट्रिय राजनीतिलाई नै सफा पार्नेछु ।
  • ’ बिशिष्ट परिस्थितिलाई ध्यानमा राखेर पार्टीले आफूलाई उम्मेदवारी दिएको उनको दावी छ ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व सभामुख समेत रहेका ढुंगानाले भक्तपुरमा आफनो राजनीतिक लगानी भएको समेत बताए ।

उनले भने- ‘आफूले कुचो लिएर राजनीति कुचिकार बनेर भक्तपुरमा उम्मेदवारी दिएकाले यहाँबाट निर्वाचन जितेर राष्ट्रिय राजनीतिलाई नै सफा पार्नेछु ।’ बिशिष्ट परिस्थितिलाई ध्यानमा राखेर पार्टीले आफूलाई उम्मेदवारी दिएको उनको दावी छ ।

प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले काठमाडौं-२ बाट उम्मेदवार बन्न आग्रह गरे पनि आफूले नै भक्तपुर २ रोजेर आएको उनको दावी छ । करिब २३ बर्षपछि राजनीतिमा आउनुको कारण देशमा अहिले देखिएको राजनीतिक फोहोर सफा गर्नु नै रहेको उनले बताए ।

नेमकिपाको समर्थनमा उम्मेद्वारी दिएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा ढुंगानाले भने ‘आफ्नै उम्मेद्वार उठाएको नेमकिपाले कांग्रेसलाई किन मतदान गर्छ ।’ उनले थपे, ‘नारायणमान जी मेरो साथी मात्र हो, राजनीतिक हिसाबमा हामी फरक छौं ।’

भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दमननाथ ढुंगानाले आफू टुरिष्ट वा पाहुना उम्मेदवार नभएको पनि प्रष्ट पारेका हुन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?