मधेश पुगेर गर्जिए गगन थापा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ५, २०७६
|
|
३५ पटक हेरिएको
Shares

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका युवा नेता तथा पूर्व मन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले संविधान रक्षार्थ संविधानलाई संशोधन गरी सर्वस्वीकार्य बनाउन चाहेको बताएका छन् ।
  • महोत्तरीको सम्सी गाउँपालिका–२ पर्सा बजारमा आज आयोजित काङ्ग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत कार्यकर्ता भेटघाट तथा अन्तरक्रियामा उनले संविधान निर्माणका क्रममा तत्कालीन समयमा देखिएका केही कमजोरीलाई संशोधन गरी सबैको हितका लागि आफ्नो दलले संविधान संशोधन गर्न चाहेको बताएका हुन् ।
  • मधेशी, जनजातिलगायत असन्तुष्ट पक्षको विचार समेटेर संविधान संशोधन गर्न बारम्बार दवाब दिँदासमेत सत्तापक्षका कारण संशोधन हुन नसकेको नेता थापाले आरोप लगाए।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका युवा नेता तथा पूर्व मन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले संविधान रक्षार्थ संविधानलाई संशोधन गरी सर्वस्वीकार्य बनाउन चाहेको बताएका छन् ।

महोत्तरीको सम्सी गाउँपालिका–२ पर्सा बजारमा आज आयोजित काङ्ग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत कार्यकर्ता भेटघाट तथा अन्तरक्रियामा उनले संविधान निर्माणका क्रममा तत्कालीन समयमा देखिएका केही कमजोरीलाई संशोधन गरी सबैको हितका लागि आफ्नो दलले संविधान संशोधन गर्न चाहेको बताएका हुन् ।

मधेशी, जनजातिलगायत असन्तुष्ट पक्षको विचार समेटेर संविधान संशोधन गर्न बारम्बार दवाब दिँदासमेत सत्तापक्षका कारण संशोधन हुन नसकेको नेता थापाले आरोप लगाए।

थापाले संविधान जारी हुने समयमा विरोध गर्ने तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संशोधनको मुद्दा लिएर सरकारमा गए पनि चुपचाप बसी जनतालाई भ्रममा राखेको आरोप लगाए ।

(https://nelsonjsalon.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?