राष्ट्रिय सभा सदस्यको लागि नेकपा एमालेका कुमार दशौदीले मनोनयन दर्ता गर्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ११, २०७९
|
|
२५ पटक हेरिएको
Shares
राष्ट्रिय सभा सदस्यको लागि नेकपा एमालेका कुमार दशौदीले मनोनयन दर्ता गर्दै

सारांश

  • काठमाडौं ।
  • लुम्बिनी प्रदेशबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेका कुमार दशौदीले मनोनयन दर्ता गराउनुहुने भएको छ ।
  • adad माघ २५ हुने निर्वाचनका लागि एमालेले रोल्पाका दशौदीलाई उम्मेदवार बनाउन लागेको हो ।

काठमाडौं ।लुम्बिनी प्रदेशबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेका कुमार दशौदीले मनोनयन दर्ता गराउनुहुने भएको छ ।

adad
माघ २५ हुने निर्वाचनका लागि एमालेले रोल्पाका दशौदीलाई उम्मेदवार बनाउन लागेको हो ।

दशौदीले लुम्बिनी प्रदेशको राजधानी दाङ स्थिति प्रदेश निर्वाचन कार्यालयमा पुगेर आज मनोनयन दर्ता गर्दै हुनुहुन्छ । निर्वाचन आयोगले सो निर्वाचनको लागि मनोनयन दर्ता गर्ने मिति आजको लागि तोकेको छ ।

नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित टिमलाल भट्टराईले राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो । सो पदको लागि उपनिर्वाचन हुन लागेको हो ।

एमालेका उम्मेदवारलाई सत्ता गठबन्धनका दलहरूले समर्थन गर्ने सहमति भएको छ । त्यसैले उहाँको जीत निश्चित जस्तै छ ।

सो पदमा नेपाली कांग्रेसले पनि उम्मेदवारी दिँदै छ । कांग्रेसले गठबन्धनको दल माअ‍ोवादीको मत तान्ने आस गरेको छ । तर कांग्रेसकाे उम्मेदवार अझै टुंगाे लागेकाे छैन । उपनिर्वाचनमा माघ २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुँदै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?