नयाँ सरकारलाई भारत जस्तोसुकै सहयोग गर्न तयार छ : राजदुत पुरी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०७४
|
|
२२ पटक हेरिएको
Shares
नयाँ सरकारलाई भारत जस्तोसुकै सहयोग गर्न तयार छ : राजदुत पुरी

सारांश

  • काठमाडौं, ११ माघ ।
  • नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले भारत सरकार नेपालमा अब बन्ने सरकारलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको स्पष्ट पारेका छन् ।
  • बिहीबार रिपोर्टर्स क्लब नेपालले भारतको ६९ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै राजदुत पुरीले भने,‘नेपाल–भारत सम्बन्ध सुमधुर छ, विशिष्ट छ, द्धिपक्षीय सम्बन्ध भनेको सहकार्य र उन्नतीको स्थायी मित्रता हो।

काठमाडौं, ११ माघ । नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले भारत सरकार नेपालमा अब बन्ने सरकारलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले भारतको ६९ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै राजदुत पुरीले भने,‘नेपाल–भारत सम्बन्ध सुमधुर छ, विशिष्ट छ, द्धिपक्षीय सम्बन्ध भनेको सहकार्य र उन्नतीको स्थायी मित्रता हो।’ द्धिपक्षीय सम्बन्ध अति नै विशिष्ट भएकोले नेपालमा अब बन्ने सरकारलाई भारतको पूर्ण सहयोग र समर्थन रहने उनको विश्वास थियो।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै राजदुत पुरीले भने,‘भारत नेपालमा अब बन्ने नयाँ सरकारसँग सुमधुर र प्रगाढ सम्बन्ध राखेर जान चाहन्छ, यसको संकेत हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद गरेर देखाईसक्नुभएको छ, आगामी दिनमा द्धिपक्षीय सम्बन्ध अझ प्रगाढ हुन्छ, नेपालमा निर्वाचन सम्पन्न भएपछि हाम्रो प्रधानमन्त्रीले नेपालका तीनै दलका शीर्ष नेताहरुसँग टेलिफोनमा वार्ता गर्नुभएको थियो, तर यो वीचमा उहाँले दोहोर्याएर एमाले अध्यक्ष ओलीसँग टेलिफोनमा सम्वाद गर्नुभयो, यो पनि विशिष्ट सम्बन्धको संकेत हो।’

नेपालमा हालै जारी भएको बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनको लागि यो निर्वाचन महत्वपूर्ण खुड्किलो भएको उनको भनाई थियो । उनले भने,‘यही सन्दर्भमा हाम्रो प्रधानमन्त्री मोदीजीले नेपालका राजनीतिक दलका नेताहरुलाई फोन गरेर नै बधाई तथा शुभकामना दिनुभएको हो, अब आगामी दिनमा पनि भारत नेपालमा बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न ईच्छुक छ।’ आगामी दिनमा द्धिपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनको लागि दुवै तर्फबाट सहकायलाई निरन्तरता दिनुपर्ने उनको भनाई थियो ।

राजदुत पुरीले नेपाल–भारत सम्बन्धलाई मित्रवत छिमेकीको रुपमा चित्रण पार्दै भने,‘नेपाल र भारत स्थायी मित्र हुन्, आगामी दिनमा आर्थिक साझेदारीलाई बढावा दिनुपर्छ, यसमा दुवै देशले उतिकै उदार भएर आपसी फाईदा लिनेगरि अघि बढ्नुपर्छ, यो नै अहिलेको आवश्यकत्ता हो।’

भारतले अब मनाउन लागेको ६९ औं गणतन्त्र दिवसका बारेमा प्रकाश पार्दै राजदुत पुरीले भने,‘भारत २ सय वर्षको उपनिवेशपछि स्वतन्त्र भयो, भारत स्वतन्त्र भएपछिको यो ७० वर्षको अवधिमा आर्थिक प्रगतिमात्रै नभएर हामीले सामाजिक–साँस्कृतिक रुपान्तरण गर्यौं, राजनीतिक विकास हाँसिल गर्यौं, एकतावद्ध भारत बनाउन सफल भयौं, यो मानेमा म एक हिन्तुस्तानी, भारतीय हुनु र एउटा राजदुतको हैसियतले गर्व महशुस गर्छु।’

उनले भारत तिव्र आर्थिक वृद्धि हाँसिल गर्ने राष्ट्रको रुपमा अघि बढिरहेको उल्लेख गर्दै भने,«‘अर्को वर्ष हामी दोहोरो अंकको आर्थिक वृद्धि हाँसिल गर्ने रफ्तारमा छौं, यो हाम्रो लागि ज्यादै महत्वपूर्ण अवसर हो, नेपाल–भारत सम्बन्ध सदियौंदेखि पूरानो छ, सामाजिक–साँस्कृतिक, राजनीतिक सम्बन्धको अलावामा अब द्धिपक्षीय सम्बन्ध आर्थिक रुपमा साझेदारीका साथ अघि बढ्नुपर्छ।’

भारतमा भैरहेको तिव्र आर्थिक वृद्धि र विकासले नेपाललाई पनि फाईदा पुग्ने उनको विश्वस थियो । उनले भने,‘नेपालमा भएको विकासले पनि फेरि भारतलाई फाईदा पुग्छ, पछिल्ला वर्षहरुमा नेपालमा पनि आर्थिक विकास भएको छ, यसले आगामी दिनमा नेपाल–भारतवीचको पार्टनरसिपलाई बढावा दिन मद्दत पुग्छ।’

नेपाल र भारत छिमेकी मित्रराष्ट्र भएकोले एक–अर्कावीच विन–विनको आधारमा आर्थिक सहकार्यलाई अगाडि लैजानुपर्नै राजदुत पुरीको तर्क थियो । नेपालमा भारतले ज्यादै महत्व बोकेका मेगा प्रोजेक्टहरु बनाईसकेको उदाहरण पेश गर्दै भने,‘हामीले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम राजमार्ग र टा«न्समिसन लाईनजस्ता प्रोजेक्टहरु सम्पन्न गरिसकेका छौं, अहिले पनि नेपालमा दुई तिहाई भन्दा बढि वैदेशिक व्यापार हिस्सा भारतको छ, दुवै देशवीच व्यापारिक सहकार्यमा सहजता ल्याउनुपर्छ, यसको लागि आगामी दिनमा सम्पर्क सञ्जाल बढाउनुपर्छ, उचित वातावरण निर्माण गर्नुपर्छ।’

नेपालको ऐतिहाँसिक महत्व बोकेको वीरगन्जजस्तो व्यापारिक नाकामा सर्वाधिक ठूलो एकीकृत चेक पोष्ट निर्माण भैसकेको जानकारी दिँदै राजदुत पुरीले भने,‘यो सञ्चालनमा आएपछि यसले व्यापारिक साझेदारीमा ठूलो बदलाव ल्याउँछ।’ त्यस्तै उनले विराटनगर भन्सारमा पनि काम भैरहेको जानकारी दिए । उनले नेपाल–भारत द्धिपक्षीय सिमा नाकहरुमा वीरगन्ज र विराटगनरजस्तै अन्र्तराष्ट्रिय स्तरको व्यापारिक केन्द्र आगामी दिनमा बनाईने विश्वास दिलाए ।

राजदुत पुरीले जयनगर–जनकपुर–बर्दिवास रेलमार्गको पनि निर्माण कार्य धमाधम भैरहेको बताए । त्यस्तै अरुण तेस्रो र माथिल्लो कर्णालीजस्ता आर्थिक रुपमा निकै महत्व बोकेका बहुउद्देश्यीय जलविद्युत परियोजना निर्माण कार्य सुरु भैरहेको उनले जनाए । ‘नेपाल र भारतवीच भएका जनस्तरको सम्बन्धजस्तै हाईडा«े, सडक र हवाईले पनि हामीवीच सुमधुर सम्बन्ध कायम गर्न फाईदा पुग्नेछ’ उनले थपे,‘हामीले पशुपतिनाथ क्षेत्रमा ४०० सय कोठाको धर्मशाला निर्माण गरिसकेका छौं, केही हप्ताभित्रै यो सञ्चालनमा आउँछ।’ यस्ता खाले कार्यबाट द्धिपक्षीय सम्बन्धमा अझै बृहत्तर फाईदा पुग्ने राजदुतको विश्वास थियो ।

त्यस्तै उनले पेट्रोलियम पाईपलाईन विस्तारको कार्यपनि अघि बढिरहेकोले यसबाट दुवै देशलाई आर्थिक लाभ हुने बताए । उनले भने,‘यसमा कुनै द्धिविधा छैन, कि यस्ता प्रोजेक्टहरुले हामीवीचको आपसी सम्बन्धलाई थप मजबुद बनाउँछ, र आर्थिक लाभ हाँसिल गर्न मद्दत पुग्छ।’

नेपाल–भारत सिमानाबारे पछिल्लो समय पर्सामा देखिएको विवादको बारेमा भारत सरकारको के धारणा छ भन्ने पत्रकारको प्रश्नमा राजदुत पुरीले भने,‘नेपाल र भारतवीच १९९८ मा सिमा सम्झौता भएको थियो, दुवै देशको सिमाना निश्चित सिमा सिद्धान्त (फिक्सड बोर्डर प्रिन्सिपल) अनुसार हुनुपर्छ भनेर सम्झौता भएको थियो, र दुवै देशवीचका सबै सिमा नाकाहरुमा सिमांकन र स्ट्रिप म्याप सबै बोर्डहरुमा त्यही अनुसार लागु हुन्छ भनिएको हो, संयुक्त सर्वेका अनुसार ती पिलरहरु यसअघि नै त्यहाँ छन् जो पहिले निर्धारित थिए ।’ यद्धपी यसका बारेमा दुवै सरकारवीच छलफल हुने उनको भनाई थियो ।

अदुवा निकासीमा समस्या आईरहेको छ नि भनेर सोधिएको अर्को प्रश्नमा उनले भने,‘ईम्बार्गोलाई हामीले फलो गर्नुपर्छ, नेपाल र भारतवीच खुल्ला सिमाना छ, आवतजावतमा कुनै समस्या छैन, हामी विना भिसा र पासपोर्ट ओहोरदोहोर गर्न सक्छौं, तर व्यापारका निश्चित मापदण्डहरु छन्, अन्र्तराष्ट्रिय व्यापार सम्झौता अनुसार चल्नुपर्छ, यो अदुवाको विषयमा जो कुरा छ, यो जान्न जरुरी छ कि अदुवा नेपालमै उत्पादन भएको हुनुपर्छ।’

आफू राजदुत भएर नेपालको आएको १० दश महिना भएको उल्लेख गर्दै यो वीचमा नेपाल सरकार, नेपालीहरु र मिडियाबाट विशेष सद्भाव र सहयोग पाएकोमा धन्यवाद दिए । उनले भने,‘मैले यो वीचमा सबैबाट गुड विसेस पाएको छु, यसको लागि म सबैलाई धन्यवाद दिन्छु।’

कार्यक्रममा राजदुत पुरीले क्लबको फेस–टु–फेस ग्यालरीमा महत्वपूर्ण विषयमा बहस हुने गरेको भन्दै यसको लागि पत्रकार ऋषि धमला धन्यवादको पात्र भएको बताए । उनले भने,‘क्लबमा महत्वपूर्ण विषयमा बहस हुने गरेका छन्, यही मञ्चबाट धेरै एजेण्डाहरु उठान हुने गरेका छन्, क्लब नभएको भए हरेक एजेण्डाहरु आझेलमा पर्थे, यो साझा मञ्च हो, ऋषिजी पनि साझा व्यक्ति बन्नुभएको छ, उहाँले सबैलाई विचार राख्न दिने काम गर्नुभएको छ, आज पनि भारतको ६९ औं गणतन्त्र दिवसको अवसरमा हामी सबैलाई एक ठाउँमा भेला पारेर जुन किसिमको बहस गराउनुभयो, यो खुशीको कुरा हो, म यसको लागि पनि धमलाजीलाई धन्यवाद दिनुपर्छ।’

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Tara Rana

    Don’t belive indian people’s.

    Comment Author

    Ghimire Lekh Nath

    सिमाना मा प्रखाल लगाएर सहयोग गर ! नत्र चुपलागेर बस तिमीहरुको सहयोग र मित्रता बाजेको पाला देखी हेर्दै आएको हो ! आवस्यकता अनुसार दल्,पाटी , राजा लाई खेलाउने दिन सकिदै छ !

    Comment Author

    Chabilal Bhusal

    jati garni dekhaliya indian 1 nambar chor nepali sima michne jali kartahe indian

    Comment Author

    Anj Rai

    Yeah right! why don’t you take a break for good. bloody nosey neighbour!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?