बाढीले बगाएर २ जना बेपत्ता
सारांश
- श्रावण २०, २०७४- नवलपरासीको सिमावर्ती दक्षिणी क्षेत्रमा बाढीले २ जनालाई बगाएर बेपत्ता बनाएको छ ।
- जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार झराही खोलामा आएको बाढीले पाल्हीनन्दन गाउँपालिका ३ का ११ वर्षीय कृष्ण गुप्ता र त्यहीका ६० वर्षका बृजलाल गुप्तालाई शुक्रबार बिहान साढे १० बजेतिर बेपत्ता बनाएको हो ।
- पाल्हीनन्दन गाउँको परसीया भन्ने स्थानमा आएको भेलले उनीहरुलाई बगाएको हो ।
श्रावण २०, २०७४- नवलपरासीको सिमावर्ती दक्षिणी क्षेत्रमा बाढीले २ जनालाई बगाएर बेपत्ता बनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार झराही खोलामा आएको बाढीले पाल्हीनन्दन गाउँपालिका ३ का ११ वर्षीय कृष्ण गुप्ता र त्यहीका ६० वर्षका बृजलाल गुप्तालाई शुक्रबार बिहान साढे १० बजेतिर बेपत्ता बनाएको हो ।
पाल्हीनन्दन गाउँको परसीया भन्ने स्थानमा आएको भेलले उनीहरुलाई बगाएको हो । दुबैको खोजी जारी रहेको छ । बाढीले नवलपरासीको सिमावर्ती क्षेत्रमा एक दर्जन गाउँ डुबानमा परेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया