नेपाली भूमि मिचेर सिमा स्तम्भ गाडेकोप्रति अनेरास्ववीयु र अखिल क्रान्तिकारीको आपत्ति

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ७, २०७४
|
|
४९ पटक हेरिएको
Shares
नेपाली भूमि मिचेर सिमा स्तम्भ गाडेकोप्रति अनेरास्ववीयु र अखिल क्रान्तिकारीको आपत्ति

सारांश

  • काठमाडौं, माघ ७ ।
  • भारतले नेपाली भूमि मिचेर सिमा स्तम्भ गाडेकोप्रति सरकारलाई ध्यानकर्षण गरेको छ ।
  • अनेरास्ववीयुको अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले संयुक्त विज्ञप्ति जारी गर्दै ध्यानकर्षण गराएको हो ।

काठमाडौं, माघ ७ । भारतले नेपाली भूमि मिचेर सिमा स्तम्भ गाडेकोप्रति सरकारलाई ध्यानकर्षण गरेको छ । अनेरास्ववीयुको अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले संयुक्त विज्ञप्ति जारी गर्दै ध्यानकर्षण गराएको हो ।

सीमा क्षेत्रमा देखिएको समस्याको बारेमा अध्ययन गर्न अनेरास्ववियु र अखिल क्रान्तिकारीको टोली आइतबार वीरगञ्ज पुगेको छ । उनीहरुले वीरगञ्ज महानगरपालिका वडा नं १ को सीमा क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् ।

उक्त क्षेत्रको अवलोकनको क्रममा मुख्य स्तम्भ ३९१ देखि ३९३ सम्म करिब १३८ फिट को दरले ३ किलोमिटर सम्म ठाउँ–ठाउँमा नेपाली भूमि मिचिएको देख्न सकिन्छ, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा लेखिएको छ– नेपालीले वर्षौंदेखि भोग चलन गरी नेपाल सरकारद्वारा वितरित लालपुर्जा समेतका प्रमाणहरु हेर्दा करिब ५० विघाभन्दा बढी नेपाली जमिन मिचिएको स्पष्ट देखिन्छ ।

हामीलाई पनि उनीहरुको एक वित्ता जमिन चाहिदैन, हाम्रो पनि जानुभएन,’ रञ्जित तामाङले भने ‘हाम्रो सरोकार भनेको नेपालको धनी पूर्जा भएको जमिन कसरी भारतमा पर्यो ? भन्ने नै हो, केही हामीले विज्ञसँग बुझेर आएका छौं । अब हामी स्थानीयसँग र प्राविधिक टोलीसँग पनि कुरा गर्छौ, र सत्य तथ्य बुझ्छौं ।’

विज्ञप्ति पढ्नुहोस् :–

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालकुमारी घटनामा पक्राउ परेका ७३ जनालाई छाडियो
बालकुमारी घटनामा पक्राउ परेका ७३ जनालाई छाडियो
रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा उसका तेल र ग्यासमा प्रतिबन्ध घोषणा
रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा उसका तेल र ग्यासमा प्रतिबन्ध घोषणा
काम नगर्न निर्वाचित जनप्रतिनिधिलाई अदालतको आदेश
काम नगर्न निर्वाचित जनप्रतिनिधिलाई अदालतको आदेश
नयाँबानेश्वरकाे एक फर्निचर उद्योगमा अागलागी
नयाँबानेश्वरकाे एक फर्निचर उद्योगमा अागलागी
आसामको राजधानी गुहाटीमा पनि निल डेभिड युनिसेक्स सैलुन
आसामको राजधानी गुहाटीमा पनि निल डेभिड युनिसेक्स सैलुन
त्रिपाठी सहितका अरु नेता बिहीबार नेकपा प्रवेश गर्ने
त्रिपाठी सहितका अरु नेता बिहीबार नेकपा प्रवेश गर्ने
अष्ट्रेलिया जान लागेको भन्दै प्रेमिकाको हत्या
अष्ट्रेलिया जान लागेको भन्दै प्रेमिकाको हत्या
कालीकोटमा समानुपातिकमा माओवादी केन्द्र अगाडि
कालीकोटमा समानुपातिकमा माओवादी केन्द्र अगाडि
चुडामणी शर्मालाई सर्वोच्चको थुनामुक्त गर्न आदेश, थुनामुक्त भएपनि सुनुवार्इ जारी रहने
चुडामणी शर्मालाई सर्वोच्चको थुनामुक्त गर्न आदेश, थुनामुक्त भएपनि सुनुवार्इ जारी रहने
आरजुलाई सांसद बनाउने देउवाको सपना चकनाचुर, अब के गर्लान् ?
आरजुलाई सांसद बनाउने देउवाको सपना चकनाचुर, अब के गर्लान् ?