कांग्रेस नेता केसीले दिए चर्को चेतावनी
सारांश
- काठमाडौं ।
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले मिडिया काउन्सिलसम्बन्धी अप्रजातान्त्रिक विधेयक फिर्ता नलिए त्यसका विरुद्ध सडक र सदन दुवैबाट आफ्नो पार्टीले कडा आन्दोलन तथा संघर्ष गर्ने चेतावनी दिएका छन् ।
- रिपोर्टर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता केसीले आफूहरु लोकतान्त्रिक आधारभूत सिद्धान्तमा सम्झौता गर्ने पक्षमा नरहेको बताए ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले मिडिया काउन्सिलसम्बन्धी अप्रजातान्त्रिक विधेयक फिर्ता नलिए त्यसका विरुद्ध सडक र सदन दुवैबाट आफ्नो पार्टीले कडा आन्दोलन तथा संघर्ष गर्ने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता केसीले आफूहरु लोकतान्त्रिक आधारभूत सिद्धान्तमा सम्झौता गर्ने पक्षमा नरहेको बताए ।
मिडिया काउन्सिल सम्बन्धी विधेयक स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने ढंगले प्रस्तुत भएको बताउँदै सरकार गठन भएको १५ महिना पुगेको बताए । यो सरकारले नियन्त्रणमुखी प्रवृत्ति अपनाएको दाबी गरे ।
विधेयकका प्रावधान छन अरे, जसमा पत्रकारलाई १५ वर्षसम्मको कैद र एक करोडसम्मको जरिवाना राखिएको छ । हामी यो विधेयकको विपक्षमा छौं उनले भने ।
प्रतिक्रिया