प्रस्ताव फिर्ता लिन सरकारलाई नेकपा (माले) को पुनः आग्रह

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २, २०७३
|
|
१६१ पटक हेरिएको
Shares
प्रस्ताव फिर्ता लिन सरकारलाई नेकपा (माले) को पुनः आग्रह

सारांश

  • काठमाडौँ, २ पुस ।
  • नेकपा (माले)ले सत्तारुढ दलद्वारा व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराइएको संविधान संशोधनसम्बन्धी प्रस्तावलाई फिर्ता लिन पुनः आग्रह गरेको छ ।
  • सो प्रस्तावले सिङ्गो देश आन्दोलित भएको भन्दै सो पार्टीले ५ नं प्रदेश टुक्र्याउने प्रस्तावलाई फिर्ता लिनसमेत आग्रह गरेको महासचिव सिपी मैनालीद्वारा आज प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

काठमाडौँ, २ पुस । नेकपा (माले)ले सत्तारुढ दलद्वारा व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराइएको संविधान संशोधनसम्बन्धी प्रस्तावलाई फिर्ता लिन पुनः आग्रह गरेको छ ।

सो प्रस्तावले सिङ्गो देश आन्दोलित भएको भन्दै सो पार्टीले ५ नं प्रदेश टुक्र्याउने प्रस्तावलाई फिर्ता लिनसमेत आग्रह गरेको महासचिव सिपी मैनालीद्वारा आज प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

“संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिई जनताको भावना सम्बोधन गर्न र दलीय सहमति निर्माण गर्दै स्थानीय निर्वाचनको वातावरण बनाउन सरकारसँग माग गर्दछ” – विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा सो पार्टीले ५ नं प्रदेश नटुक्र्याउन माग गर्दै स्थानीयवासीद्वारा जारी आन्दोलनमा प्रहरी ज्यादति नगर्न पनि सरकारसित मागसमेत गरेको छ ।

मधेसवादी दलका माग सम्बोधन गर्न सरकारले व्यवस्थापिका–संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), नेकपा (माले) लगायतका दलले सो प्रस्ताव फिर्ता लिन सरकार सित माग गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?