शववाहन खरिद गर्न फुटसल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
२१ पटक हेरिएको
Shares
शववाहन खरिद गर्न फुटसल

सारांश

  • दमक, २१ भदौं ।
  • शववाहन खरिदका लागि सहयोग जुटाउने उद्देश्यले झापाको दमकमा शुक्रबार एकदिवसीय लायन्स प्रथम फुटसल प्रतियोगिता हुने भएको छ ।
  • लायन्स क्लब अफ दमक इष्टर्न लाइनले यस क्षेत्रका लायन्स क्लबबीच फुटसल प्रतियोगिता गराउने भएको हो ।

दमक, २१ भदौं । शववाहन खरिदका लागि सहयोग जुटाउने उद्देश्यले झापाको दमकमा शुक्रबार एकदिवसीय लायन्स प्रथम फुटसल प्रतियोगिता हुने भएको छ । लायन्स क्लब अफ दमक इष्टर्न लाइनले यस क्षेत्रका लायन्स क्लबबीच फुटसल प्रतियोगिता गराउने भएको हो ।

उक्त संस्थाका अध्यक्ष बिमल शर्माले यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबाट शववहान ल्याउन सहज हुने र झापा तथा मोरङका विभिन्न आठ लायन्स क्लबको सहभागिताले भाइचारा र सद्भाव पनि वृद्धि हुने बताउनुभयो ।

दमक–९ स्थित रणभूमि फुटसलको खेल मैदानमा हुने सो प्रतियोगिताका विजेताले नगद रु ५० हजार, उपविजेताले रु २५ हजारसहित ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक उज्जवल श्रेष्ठले बताउनुभयो । सो प्रतियोगितामा दमकका आयोजक संस्थासहित विगबुद्ध, युनाइटेड, स्विटसिटी, कमल गाउँपालिकाको लखनपुर लायन्स र मोरङको उर्लाबारी, मिक्लाजुङ्ग र पथरी लायन्स क्लबको सहभागिता रहने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दंग छौं’
सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दंग छौं’
पोखरामा प्रहरीले समातेको जड्याहा हतगडी सहित भागे
पोखरामा प्रहरीले समातेको जड्याहा हतगडी सहित भागे
विपक्षीले ३० गते पहिलो झड्का खान्छन् : अ‍ोली
विपक्षीले ३० गते पहिलो झड्का खान्छन् : अ‍ोली
राजधानीमा मात्र ३ करोडको तरुल
राजधानीमा मात्र ३ करोडको तरुल
स्थानीय तह निर्वाचनः फराकिलो अन्तरले कांग्रेस अगाडि,पछ्याउँदै एमाले
स्थानीय तह निर्वाचनः फराकिलो अन्तरले कांग्रेस अगाडि,पछ्याउँदै एमाले
पूर्वप्रधानमन्त्री चन्द बैतडीबाट सिफारिश
पूर्वप्रधानमन्त्री चन्द बैतडीबाट सिफारिश
दिल्लीबाट काठमाडौं आएको भिस्टाराको जहाजमा बम राखेको हल्ला, सेनाले ‘सर्च’ गर्दै
दिल्लीबाट काठमाडौं आएको भिस्टाराको जहाजमा बम राखेको हल्ला, सेनाले ‘सर्च’ गर्दै
ललितपुर बलात्कार घटना: अर्धनग्न र बेहोस अवस्थामा प्रहरीले भेटेपछि…
ललितपुर बलात्कार घटना: अर्धनग्न र बेहोस अवस्थामा प्रहरीले भेटेपछि…
केकीको मन संग मन साट्नको आएछन ?
केकीको मन संग मन साट्नको आएछन ?
बेनी अस्पतालको फोहर व्यवस्थापनमा सघाउँदै जर्मनी इन्जिनियर
बेनी अस्पतालको फोहर व्यवस्थापनमा सघाउँदै जर्मनी इन्जिनियर

तपाईंले छुटाउनुभयो कि?