हुम्लामा अत्यधिक हिमपात, जनजीवन कष्टकर

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०७५
|
|
१९ पटक हेरिएको
Shares
हुम्लामा अत्यधिक हिमपात, जनजीवन कष्टकर

सारांश

  • हुम्ला, २५ पुस ।
  • जिल्लामा अत्यधिक हिमपात भएको छ ।
  • सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ ।

हुम्ला, २५ पुस । जिल्लामा अत्यधिक हिमपात भएको छ । सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ । हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ । विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

मङ्गलबार रातिदेखि हिउँ पर्न थालेको हो । हवाईसेवा अवरुद्ध भएको छ । हवाईसेवा अवरुद्ध हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव भएको छ ।

हिमपातका कारण पशुचौपाया गोठभित्रै थन्किएका छन् । माथिल्लो हुम्लामा चार फिटसम्म हिउँ जमेकोे छ । हिमपातपछि तापक्रम घट्दै गएको छ ।

सबैभन्दा उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टकर बनेको छ । “एक गाउँबाट अर्को गाउँ आवातजावत गर्न सकिएको छैन,” स्थानीयवासी पासाङ लामाले भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?