राष्ट्रिय अनुसन्धान विभागका प्रहरी नायब उपरीक्षक घाइते
सारांश
- काठमाडौं, २५ मंसिर ।
- काठमाडौंमा मंगलबार बिहान गाडीले ठक्कर दिँदा डिएसपीसहित दुई जना घाइते भएका छन्।
- काठमाडौं महानगरपालिका-१५ नख्खु दोबाटोमा बा ९ च ९११२ नम्बरको निजी गाडीले ठक्कर दिँदा उपराष्ट्रपति कार्यालयमा कार्यरत् राष्ट्रिय अनुसन्धान विभागका प्रहरी नायब उपरीक्षक (डिएसपी) ५१ वर्षीय मुकुन्द खड्का र भोजपुर घर भई काठमाडौं बस्ने २७ वर्षीय महिन्द्रकुमार राई घाइते भएका हुन्।
काठमाडौं, २५ मंसिर । काठमाडौंमा मंगलबार बिहान गाडीले ठक्कर दिँदा डिएसपीसहित दुई जना घाइते भएका छन्। काठमाडौं महानगरपालिका-१५ नख्खु दोबाटोमा बा ९ च ९११२ नम्बरको निजी गाडीले ठक्कर दिँदा उपराष्ट्रपति कार्यालयमा कार्यरत् राष्ट्रिय अनुसन्धान विभागका प्रहरी नायब उपरीक्षक (डिएसपी) ५१ वर्षीय मुकुन्द खड्का र भोजपुर घर भई काठमाडौं बस्ने २७ वर्षीय महिन्द्रकुमार राई घाइते भएका हुन्।
डिएसपी खड्काको मुखमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा छन् तर अर्का घाइते राई बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। उपचारका लागि दुवै घाइतेलाई अल्का अस्पतालमा भर्ना गरिएको छ। सडकमा हिँडिरहेका बेला उनीहरूलाई गाडीले ठक्कर दिएको थियो। ठक्कर दिने गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया