किसानले उत्पादन गरेको तरकारीले बजार मूल्य नपाउँदा आर्थिक सङ्कट

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २२, २०७९
|
|
३२ पटक हेरिएको
Shares
किसानले उत्पादन गरेको तरकारीले बजार मूल्य नपाउँदा आर्थिक सङ्कट

सारांश

  • मकवानपुर ।
  • बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यहरूले प्रदेशमा राष्ट्रिय सरोकारको विषयलगायत किसानले उत्पादन गरेको तरकारीले बजारमा उचित मूल्य नपाउँदा आइपरेको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
  • सत्तापक्ष र प्रतिपक्ष गरी १७ सदस्यले आआफ्नो क्षेत्रको समस्या समाधानका लागि सरकारलाई ध्यानाकर्षण गरी कार्यान्वयन गर्न आग्रह गरे ।

मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यहरूले प्रदेशमा राष्ट्रिय सरोकारको विषयलगायत किसानले उत्पादन गरेको तरकारीले बजारमा उचित मूल्य नपाउँदा आइपरेको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

सत्तापक्ष र प्रतिपक्ष गरी १७ सदस्यले आआफ्नो क्षेत्रको समस्या समाधानका लागि सरकारलाई ध्यानाकर्षण गरी कार्यान्वयन गर्न आग्रह गरे । उनीहरूले किसानले उत्पादन गरेको मौसमी तरकारीले बजारबाट उचित मूल्य पाउन नसक्दा किसानले आर्थिक सङ्कट बेहोर्न परेको बताए । छिमेकी देशबाट आयात भई आएको तरकारी बजारमा सस्तो मूल्यमा बिक्री वितरण हुँदा कृषकले उत्पादन गरेको तरकारी स्थानीय उपभोक्ता समक्ष पु¥याउन नसकिएकाले प्रदेश सरकारले गम्भीररूपमा सङ्घीय सरकारमार्फत बाहिरबाट आउने तरकारीलाई बन्देज लगाउन माग गरे ।

उनीहरूले किसानले उत्पादन गरेको तरकारी बजारमा खपत नहुँदा कृषक ठूलो आर्थिक सङ्कटमा परेकाले प्रदेश सरकारले केही हदसम्म भए पनि क्षतिपूर्ति उपलब्ध गराइदिन आग्रह गरे । बैठकमा दोलखा जिल्लामा हालै भएको आगलागीका पीडित परिवारलाई उद्धार गरी राहतस्वरूप आर्थिक अनुदान उपलब्ध गराउन आग्रह गरे ।

किसानले लगाउने मौसमी खाद्यान्न तरकारीलगायत फलफूललाई पनि आवश्यक पर्ने मलखादको उपलब्ध गराउन र किसानले उत्पादन गरेको मौसमी तरकारीलाई शीतभण्डारमा राख्ने व्यवस्था मिलाउन उनीहरूको माग थियो । सदस्यहरूले काठमाडौँलगायत विभिन्न जिल्लामा सडकको विस्तार, मर्मत सम्भार गर्न, सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र पिउने पानी उपलब्ध गराउन गुरु योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउन आग्रह गरे ।

सदस्यहरूले प्राकृतिक सम्पदा एवं वन क्षेत्रलाई संरक्षण गर्न स्थानीय निकायलाई प्रभावकारी ढङ्गबाट परिचालन गर्न र जङ्गल फँडानी गर्ने व्यक्तिलाई दण्डित गर्नुका साथै वृक्षरोपणको अभियानलाई घरदैलोमा पु¥याउन जनपरिचालन गर्न सरकारसँग माग गरे ।

शून्य समयमा बोल्ने सदस्यमा अमनकुमार मास्के, उर्मिला सुनुवार, जयराम थापा, डा दिनेशचन्द्र देवकोटा, प्रेमभक्त महर्जन, भरतबहादुर केसी, भारती कुमारी पाठक थिए।

ईश्वर सापकोटा, उर्मिलाकुमारी लामा, उत्तम जोशी, कुन्दनराज काफ्ले, कृष्णकुमार तामाङ, गीता गुरुङ, गोविन्द लम्साल, आशा लामा, कुमारी तामाङ र गीता काफ्लेले पनि आआफ्नो धारणा राखेका थिए ।

बागमती प्रदेशसभाको अर्को बैठक भोलि माघ २३ गते अपराह्न १२ बजे बस्नेछ ।

(biergardenencinitas.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णालीका चार मन्त्रीद्वारा शपथ ग्रहण
कर्णालीका चार मन्त्रीद्वारा शपथ ग्रहण
नास्टका वैज्ञानिकले गरे सिसडोलको अध्ययन, फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि
नास्टका वैज्ञानिकले गरे सिसडोलको अध्ययन, फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि
विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्ने पुनम पाण्डेले डेजाभु क्लबमा जवानीको आगो सल्काउने
विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्ने पुनम पाण्डेले डेजाभु क्लबमा जवानीको आगो सल्काउने
१४ तहको परिणाम सार्वजनिक, कांग्रेस र एमाले बराबर, पछ्याउँदै मधेसवादी दल.
१४ तहको परिणाम सार्वजनिक, कांग्रेस र एमाले बराबर, पछ्याउँदै मधेसवादी दल.
चुनावको मुखमा पदाधिकारी बैठकमा चर्काचर्की
चुनावको मुखमा पदाधिकारी बैठकमा चर्काचर्की
गुन्डा नाइके समिरमानसिंह बस्नेतकी श्रीमती पक्राउ
गुन्डा नाइके समिरमानसिंह बस्नेतकी श्रीमती पक्राउ
Neha Dhupia and Angad Bedi’s candid clicks
Neha Dhupia and Angad Bedi’s candid clicks
घोराही उपमहानगरले कहाँ कति बजेट गर्यो विनियोजन ?
घोराही उपमहानगरले कहाँ कति बजेट गर्यो विनियोजन ?
सांसद महेश बस्नेतको नेतृत्वमा निजिकरण गरिएका सार्वजनिक जग्गाको खोजिकार्य सुरु
सांसद महेश बस्नेतको नेतृत्वमा निजिकरण गरिएका सार्वजनिक जग्गाको खोजिकार्य सुरु
थ्रीस्टार र आर्मी सिमरा गोल्डकपको उपाधिका भिड्दै
थ्रीस्टार र आर्मी सिमरा गोल्डकपको उपाधिका भिड्दै

तपाईंले छुटाउनुभयो कि?