इयुद्वारा भूकम्प प्रभावित टर्किएका लागि ३६ उद्धार टोली परिचालन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २६, २०७९
|
|
३६ पटक हेरिएको
Shares
इयुद्वारा भूकम्प प्रभावित टर्किएका लागि ३६ उद्धार टोली परिचालन

सारांश

  • ब्रसेल्स ।
  • युरोपेली युनियन (इयु) सदस्य राष्ट्रहरू एवं इयु नागरिक सुरक्षा संयन्त्रमा सहभागी तीन देशहरूले भूकम्प प्रभावित तुर्किए, जेनेजमा –बुधबार ३६ वटा उद्धार र चिकित्सा टोली पठाउने प्रस्ताव गरेका छन्।
  • भूकम्पबाट उत्पन्न सङ्कट व्यवस्थापनका लागि युरोपेली आयुक्त लेनार्सिकले सो कदम चालिएको बताएका छन् ।

ब्रसेल्स । युरोपेली युनियन (इयु) सदस्य राष्ट्रहरू एवं इयु नागरिक सुरक्षा संयन्त्रमा सहभागी तीन देशहरूले भूकम्प प्रभावित तुर्किए, जेनेजमा –बुधबार ३६ वटा उद्धार र चिकित्सा टोली पठाउने प्रस्ताव गरेका छन्। भूकम्पबाट उत्पन्न सङ्कट व्यवस्थापनका लागि युरोपेली आयुक्त लेनार्सिकले सो कदम चालिएको बताएका छन् ।

टोलीमा करिब १ हजार ५ सय उद्धारकर्मी, स्वास्थ्यकर्मीका साथै एक सयवटा खोज तथा उद्धार कुकुर परिचालन गरिएको बताइएको छ । इयु सुरक्षा टोलीहरू पनि समन्वयमा सहयोग गर्न खटाइएकोउहाँले बतउँनु भएको छ ।

सोमबार देशको दक्षिणी भागमा शक्तिशाली भूकम्प गएपछि तुर्किएले इयु नागरिक सुरक्षा संयन्त्र सक्रिय बनाएको छ । यस किसिमको समूह युरोप र बाहिरका कुनै पनि देशका लागि आवश्यक उद्धारका लागि तयार गरिएको हो। स्थानीय समय अनुसार सोमबार बिहान ४स्१७ मा तुर्किएको दक्षिणी प्रान्त कहरामनमारासमा ७।७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

टर्कीको दक्षिणी प्रान्त हाते र सिरियाको उत्तरी शहर एलेप्पोमा सबैभन्दा ठूलो जनधनको क्षति भएको छ । लेबनान, इजरायल र साइप्रसले पनि भूकम्पको धक्का महसुस गरेका छन् । इयुले भूकम्प प्रभावित देशहरूमा राहत र उद्धारको कामलाई तीव्रता दिएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेलाई पक्राउलगत्तै गाडीबाटै पोखरा लगिने
रवि लामिछानेलाई पक्राउलगत्तै गाडीबाटै पोखरा लगिने
कस्तो छ तपाईंको राशिफल?
कस्तो छ तपाईंको राशिफल?
नेकपाका नेताविरुद्ध अदालत जाने दिगम्बर झाको चेतावनी, भ्रष्ट प्रमाणित गर्न चुनौती
नेकपाका नेताविरुद्ध अदालत जाने दिगम्बर झाको चेतावनी, भ्रष्ट प्रमाणित गर्न चुनौती
नेपालको रंगशालाकोआर्थिक सहयोग गर्न मोदी लाई भाजपा सांसदको पत्र !
नेपालको रंगशालाकोआर्थिक सहयोग गर्न मोदी लाई भाजपा सांसदको पत्र !
सरकारद्वारा मिटरब्याजबारे छानबिन गर्न आयोग गठन
सरकारद्वारा मिटरब्याजबारे छानबिन गर्न आयोग गठन
धार्मिक पर्यटन प्रवद्र्धन गर्न महायज्ञ महत्वपूर्ण : उपप्रधानमन्त्री लिङ्देन
धार्मिक पर्यटन प्रवद्र्धन गर्न महायज्ञ महत्वपूर्ण : उपप्रधानमन्त्री लिङ्देन
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र कम्बोडियाका सिनेट अध्यक्ष सुमबीच भेटवार्ता
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र कम्बोडियाका सिनेट अध्यक्ष सुमबीच भेटवार्ता
सिन्डिकेट हटाउन लागिपरेका भट्टराईलाई मन्त्रीले सरुवा गरेपछि…
सिन्डिकेट हटाउन लागिपरेका भट्टराईलाई मन्त्रीले सरुवा गरेपछि…
प्रधानमन्त्रीद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन
प्रधानमन्त्रीद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन
टिप्परको ठक्करले एकजनाको ज्यान गएपछि वीपी राजमार्गमा चक्काजाम
टिप्परको ठक्करले एकजनाको ज्यान गएपछि वीपी राजमार्गमा चक्काजाम

तपाईंले छुटाउनुभयो कि?