भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउनुपर्छः मुख्यमन्त्री पोख्रेल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २८, २०७५
|
|
३० पटक हेरिएको
Shares
भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउनुपर्छः मुख्यमन्त्री पोख्रेल

सारांश

  • दाङ, २८ वैशाख , प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल बनाउनुपर्ने बताउनुभएको छ ।
  • प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आज दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई द्विपक्षीय हित, सहयोग र सद्भावका रुपमा लिनुपर्दछ ।
  • ” मुख्यमन्त्री पोख्रेलले राष्ट्रिय हितमा उभिन वर्तमान सरकारलाई कसैले सिकाउनु नपर्ने उल्लेख गर्दै भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका विषयमा कसैले पनि नकारात्मक टिप्पणी गर्न नहुने बताउनुभयो ।

दाङ, २८ वैशाख , प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल बनाउनुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आज दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई द्विपक्षीय हित, सहयोग र सद्भावका रुपमा लिनुपर्दछ । ”

मुख्यमन्त्री पोख्रेलले राष्ट्रिय हितमा उभिन वर्तमान सरकारलाई कसैले सिकाउनु नपर्ने उल्लेख गर्दै भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका विषयमा कसैले पनि नकारात्मक टिप्पणी गर्न नहुने बताउनुभयो ।

भारत र नेपालको सम्बन्धलाई थप उचाइमा पु¥याउन भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण कोसेढुंगा सावित हुने बताउँदै उहाँले विगतमा भारतले गरेका अमानवीय नाकाबन्दीको विषयमा जनस्तरबाट सरकारलाई ध्यानाकर्षण गराउने सन्दर्भमा आएका टीकाटिप्पणीलाई सल्लाह र सुझावका रुपमा लिई भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई सफल बनाउने सन्दर्भमा सरकारको ध्यान केन्द्रीत भएको धारणा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री पोख्रेलले जिल्लाको स्वास्थ्य, शिक्षालगायत सबै क्षेत्रको चौतर्फी विकासका लागि प्रदेश सरकारले केन्द्र र स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने बताउँदै नेकपा एमाले र नेकपा ( माओवादी केन्द्र) बीच अगामी जेठभित्रै एकताको टुंगो लाग्नेछ भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?