रवि लामिछानेलाई पक्राउलगत्तै गाडीबाटै पोखरा लगिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २, २०८१
|
|
५० पटक हेरिएको
Shares
रवि लामिछानेलाई पक्राउलगत्तै गाडीबाटै पोखरा लगिने

सारांश

  • काठमाडौं।
  • सहकारी ठगी प्रकरणमा केहीबेरमा पक्राउ पर्न लागेका रास्वपाका सभापति रवि लामिछानेलाई सडकमार्ग हुँदै कास्की लगिने भएको छ।
  • अदालतको पक्राउ पुर्जी लिएर रास्वपाको मुख्यालय पुगेको सिआईबीको टोलीसमक्ष रविले आफू स्थलगमार्ग हुँदै जान चाहेको बताएका थिए।

काठमाडौं। सहकारी ठगी प्रकरणमा केहीबेरमा पक्राउ पर्न लागेका रास्वपाका सभापति रवि लामिछानेलाई सडकमार्ग हुँदै कास्की लगिने भएको छ। अदालतको पक्राउ पुर्जी लिएर रास्वपाको मुख्यालय पुगेको सिआईबीको टोलीसमक्ष रविले आफू स्थलगमार्ग हुँदै जान चाहेको बताएका थिए।

पक्राउ पुर्जी लिएर पार्टी केन्द्रीय कार्यालय पुगेको प्रहरी टोलीसँग सभापति लामिछानेको कुराकानी भइरहेको र पक्राउका क्रममा प्रहरीलाई कुनै किसिमको अवरोध वा प्रतिकार नगरिने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले स्पष्ट गरे।

सभापति लामिछानेले पार्टी सदस्य र सञ्चारकर्मीलाई आफ्ना कुरा राखेपछि सडकमार्ग हुँदै पोखरा जाने उनले जानकारी दिए। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उनीविरुद्ध अनुसन्धान गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो। सभापति लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय पुगेको छ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

याङ्ग्री लार्केको पानी ल्याउने बाटो खुल्यो
याङ्ग्री लार्केको पानी ल्याउने बाटो खुल्यो
पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी
पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी
नेपालमा कर तिर्दैनन् सामाजिक सञ्जाल, फेसबुकले मात्रै लैजान्छ ६० अर्बभन्दा बढी नाफा
नेपालमा कर तिर्दैनन् सामाजिक सञ्जाल, फेसबुकले मात्रै लैजान्छ ६० अर्बभन्दा बढी नाफा
दुर्घटना न्यूनिकरण गर्न कन्भेक्स मिरर
दुर्घटना न्यूनिकरण गर्न कन्भेक्स मिरर
नेपालमा किन छिटोछिटो सरकार फेरिन्छन्?
नेपालमा किन छिटोछिटो सरकार फेरिन्छन्?
सर्वदलीय बैठकमा जुटेन सहमति, सूचना टाँसेर बैठक स्थगित
सर्वदलीय बैठकमा जुटेन सहमति, सूचना टाँसेर बैठक स्थगित
नेताका कुरा मात्र भन्ने भ्रम पर्छ होला: पुष्पकमल दाहाल
नेताका कुरा मात्र भन्ने भ्रम पर्छ होला: पुष्पकमल दाहाल
पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान द्वारा तीन महिला सगरमाथा आरोही अभिनन्दित !
पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान द्वारा तीन महिला सगरमाथा आरोही अभिनन्दित !
मनमोहनले शुरु गरेको ‘आफ्नो गाउँ आफैं बनाउँ’ विकासको नौलो मोडल
मनमोहनले शुरु गरेको ‘आफ्नो गाउँ आफैं बनाउँ’ विकासको नौलो मोडल
कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग
कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग