देउवाले चुनाव सार्ने तयारी गरेको सूचना पाएपछि माओवादीले गर्‍यो सरकार नछोड्ने निर्णय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३१, २०७४
|
|
३२ पटक हेरिएको
Shares
देउवाले चुनाव सार्ने तयारी गरेको सूचना पाएपछि माओवादीले गर्‍यो सरकार नछोड्ने निर्णय

सारांश

  • काठमाडौं : माओवादी नेता एवम् गृहमन्त्री जनार्दन शर्माले निर्वाचन आयोगबाट सरकारले चुनाव सार्ने सूचना प्राप्त भएकाले पार्टीले सरकार नछोड्ने निर्णय गरेको बताएका छन्।
  • मंगलबार दिउँसो मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री शर्माले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीलाई हटाएर चुनावको मिति सार्ने तयारी गरेको सूचना निर्वाचन आयोगबाट प्राप्त भएपछि पार्टीले तत्काल सरकार नछोड्ने निर्णय गरेको बताएका हुन्।
  • मंगलबार बिहान मात्र प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पछिल्लो राजनीतिक घटनाक्रम र माओवादी मन्त्रीलाई फिर्ता बोलाउने विषयमा छलफल भएको थियो।

काठमाडौं : माओवादी नेता एवम् गृहमन्त्री जनार्दन शर्माले निर्वाचन आयोगबाट सरकारले चुनाव सार्ने सूचना प्राप्त भएकाले पार्टीले सरकार नछोड्ने निर्णय गरेको बताएका छन्।

मंगलबार दिउँसो मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री शर्माले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीलाई हटाएर चुनावको मिति सार्ने तयारी गरेको सूचना निर्वाचन आयोगबाट प्राप्त भएपछि पार्टीले तत्काल सरकार नछोड्ने निर्णय गरेको बताएका हुन्।

मंगलबार बिहान मात्र प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पछिल्लो राजनीतिक घटनाक्रम र माओवादी मन्त्रीलाई फिर्ता बोलाउने विषयमा छलफल भएको थियो।

निर्वाचनको वातावरण बन्ने भए सरकार छोड्न तयार भएको आश्वासन अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई दिएका थिए। यद्यपी देउवा र प्रचण्डबीच भेटवार्ता भएको केही बेरमा निर्वाचन आयोगबाट सरकारले चुनाव सार्ने तयारी गरेको सूचना पाएपछि तत्काल माओवादीले सरकार नछोड्ने निर्णय गरेको गृहमन्त्री शर्माको भनाइ छ।

गृहमन्त्री शर्माले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आफूले पार्टी अध्यक्षले सरकारको नाममा लेखेको पत्र पाएको तर, आयोगबाट आएको सूचना लगत्तै अर्कै निर्णय भएकाले तत्काल सरकार नछोड्ने निर्णयमा पुगेको बताएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?