एक लाखभन्दा बढी भेडाबाख्रालाई पिपिआर विरुद्धको खोप

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २, २०७९
|
|
३९ पटक हेरिएको
Shares
एक लाखभन्दा बढी भेडाबाख्रालाई पिपिआर विरुद्धको खोप

सारांश

  • चितवन ।
  • जिल्लाका एक लाख ३७ हजार भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप दिन सुरु गरिएको छ ।
  • भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र भरतपुरका डा प्रभात न्यौपानेका अनुसार जिल्लामा रहेका सातै पालिकामा रहेका भेडाबाख्राहरुमा खोप दिन लागिएको हो ।

चितवन । जिल्लाका एक लाख ३७ हजार भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप दिन सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र भरतपुरका डा प्रभात न्यौपानेका अनुसार जिल्लामा रहेका सातै पालिकामा रहेका भेडाबाख्राहरुमा खोप दिन लागिएको हो । सोमबारदेखि सुरु भएको खोप अभियान एक सातासम्म चल्नेछ ।

बाख्रामा देखिने श्वासप्रश्वासको समस्या समाधानका लागि यो खोप दिने गरिएको उनले बताए । केन्द्रले निःशुल्क खोप उपलब्ध गराउँदै आएको छ । पिपिआर भेडाबाख्रामा विषाणुको कारण हुने महामारी रोग हो ।

नेपालमा आर्थिक वर्ष २०५०र५१ सालमा पहिलो पटक देखापरी त्यसपश्चात् यस रोगको प्रभावले ठूलो क्षति बेहोर्नु परेको थियो । यो रोगबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न आव २०५८र५४ देखि खोप सेवा सञ्चालन हुँदै आएको उनले जानकारी दिए ।

रोगी भेडाबाख्राको प्रत्यक्ष सम्पर्कमा आउनाले वा विषाणुको लसपस भएको दाना, घाँसपात, सोत्तर, हेरचाह गर्ने व्यक्तिको माध्यमबाट सर्ने गर्दछ । यो रोग लागेका बाख्रा वा भेडामा ज्वरो आउने, झोक्राउने, मुख सुक्खा हुने, घाँसपात नखाने र उग्राउन छाड्ने जस्ता लक्षण देखापर्ने न्यौपानेले बताउनुभयो ।

उनका अनुसार आँखामा कचेरा लाग्ने, नाकबाट बाक्लो सिङ्गान बग्ने, गिजा र मुखभित्र घाउहरु देखिने, बथानमा एकैपटक धेरै बिरामी पर्ने जस्ता लक्षण देखिने गरेको छ ।

रोगबाट बचाउन कृषकहरुले बाहिरबाट ल्याएका भेडाबाख्रालाई कम्तीमा पनि १० दिनसम्म घरगोठमा रहेका पशुवस्तु नमिसाई अलग्गै राख्ने, त्यस अवधिमा रोगका कुनै लक्षण नदेखिएमा मात्र बथानमा मिसाउने, रोगी पशुलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार नगर्ने गर्न उनको सुझाव छ ।

उनले रोगी भेडाख्रालाको हेरचाह गर्ने व्यक्ति अन्य स्वस्थ्य भेडाख्राबाको हेरचाह गर्नु पर्दा हातखुट्टा धोएर तथा लुगा कपडा, जुत्ता, चप्पल फेरेर मात्र गर्ने, भेडाबाख्रालाई हरेक तीनरतीन वर्षमा अनिवार्य रूपमा पिपिआर खोप लगाउन, जैविक सुरक्षा कडाइका साथ अवलम्बन गर्नुपर्ने पनि सुझाव दिए ।

खोप अभियानमा छुटेका भेडाबाख्रालाई अभियानपछि समेत खोप दिइने उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्देशक भन्साली र सलमानको विवादले इन्शाअल्लाह रोकियो, आलियाको बिचल्ली
निर्देशक भन्साली र सलमानको विवादले इन्शाअल्लाह रोकियो, आलियाको बिचल्ली
झारफुक गर्ने ज्योतिषको भेषमा ५ महिनादेखि बालिका बलात्कार
झारफुक गर्ने ज्योतिषको भेषमा ५ महिनादेखि बालिका बलात्कार
एनसेलद्वारा चार किस्तामा लाभकर तिर्ने व्यवस्था मिलाइ दिन पत्राचार
एनसेलद्वारा चार किस्तामा लाभकर तिर्ने व्यवस्था मिलाइ दिन पत्राचार
चिनियाँ विदेशमन्त्री काठमाडौँमा
चिनियाँ विदेशमन्त्री काठमाडौँमा
रवि र धनराजसहित ७ जनाविरुद्ध गृह मन्त्रालयमा उजुरी
रवि र धनराजसहित ७ जनाविरुद्ध गृह मन्त्रालयमा उजुरी
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारको नाम केन्द्रमा पठाए
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारको नाम केन्द्रमा पठाए
नेपालगञ्जको मेयरमा दोब्बर मतले कांग्रेसका प्रशान्त विजयी
प्रधानमन्त्री दाहाल मुुस्ताङमा
प्रधानमन्त्री दाहाल मुुस्ताङमा
भूमि आयोगको कानुनी अड्चन फुकाउन ध्यानाकर्षण
भूमि आयोगको कानुनी अड्चन फुकाउन ध्यानाकर्षण
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com

तपाईंले छुटाउनुभयो कि?