प्रधानमन्त्री देउवाले गरे जसपाका चारै मन्त्रीलाई बर्खास्त

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २७, २०७९
|
|
४९ पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवाले गरे जसपाका चारै मन्त्रीलाई बर्खास्त

सारांश

  • काठमाडौं ।
  • जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेका चारै जना मन्त्री बर्खास्तमा परेका छन ।
  • काग्रेससंगको गठबन्धन तोडेर एमालेसंग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले चारै जना मन्त्रीलाई बरखास्त गरेका हुन ।

काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेका चारै जना मन्त्री बर्खास्तमा परेका छन । काग्रेससंगको गठबन्धन तोडेर एमालेसंग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले चारै जना मन्त्रीलाई बरखास्त गरेका हुन ।

मन्त्री बरखास्त गरेसंगै चारै जना मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री देउवाले नै सम्हालेका छन । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जसपाका चारै जना मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छिन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषी तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादव पदमुक्त भएका हुन्।

सत्ता गठबन्धनबाट बाहिरिएर नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले चारै मन्त्रीलाई हटाएका हुन्। राजीनामा दिन नमानेपछि प्रधानमन्त्रीले उनीहरुलाई बर्खास्त गरेको बालुवाटार स्रोतले जनाएको छ।

यसैबीच, राष्ट्रपति भण्डारीले रिक्त कानुन मन्त्रालयको जिम्मेवारी संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पतिको हत्याका लागी पत्नीले प्रेमीलाई राती ढोका खोली दिएपछि…….
पतिको हत्याका लागी पत्नीले प्रेमीलाई राती ढोका खोली दिएपछि…….
अदालतको आदेश नटेर्ने सिडिओका कारण जो नागरिक हुन सकेनन्
अदालतको आदेश नटेर्ने सिडिओका कारण जो नागरिक हुन सकेनन्
यौन दुर्व्यवहारको आरोपमा ललितपुरबाट समातिए पूर्वसभासद् घिसिङ
यौन दुर्व्यवहारको आरोपमा ललितपुरबाट समातिए पूर्वसभासद् घिसिङ
Just how Google Is Altering The way you Approach Top ten Chinese Dating Sites on top10chinesedatingsites. net
डिजिटल प्रणालीबाट पठनपाठन गराउन आग्रह
डिजिटल प्रणालीबाट पठनपाठन गराउन आग्रह
अन्तत : रियलबाट रोनाल्डो बाहिरिएपछि नेइमार भित्रिने पक्कापक्की
अन्तत : रियलबाट रोनाल्डो बाहिरिएपछि नेइमार भित्रिने पक्कापक्की
काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?
काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?
देशका अधिकांश भागमा मौसम सफा रहने
देशका अधिकांश भागमा मौसम सफा रहने
स्थानीय र सशस्त्र प्रहरी बिच झडप,  सशस्त्र प्रहरीकाे टोली परिवर्तन गरिँदै
स्थानीय र सशस्त्र प्रहरी बिच झडप, सशस्त्र प्रहरीकाे टोली परिवर्तन गरिँदै
नेकपाको स्थायी समिति बैठक: एजेन्डाबारे नेताहरुलाई छैन जानकारी