प्रदेशको सुरक्षामा ध्यान दिन मुख्यमन्त्री गिरीको निर्देशन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २, २०७९
|
|
३० पटक हेरिएको
Shares
प्रदेशको सुरक्षामा ध्यान दिन मुख्यमन्त्री गिरीको निर्देशन

सारांश

  • काठमाडौं ।
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशको शान्ति सुरक्षाको स्थिति सुधार्न सुरक्षा संयन्त्रलाई निर्देशन दिएका छन् ।
  • प्रदेश सुरक्षा समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले प्रदेशको शान्ति सुरक्षाको अवस्था खलबलिन नदिन सबै पक्ष चनाखो हुनुपर्ने बताए ।

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशको शान्ति सुरक्षाको स्थिति सुधार्न सुरक्षा संयन्त्रलाई निर्देशन दिएका छन् ।

प्रदेश सुरक्षा समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले प्रदेशको शान्ति सुरक्षाको अवस्था खलबलिन नदिन सबै पक्ष चनाखो हुनुपर्ने बताए । उनले भने, “नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने राज्यको दायित्व हो । यो कुरा हामीले भुल्नु हुँदैन ।”

प्रदेशका केही जिल्लाको शान्ति सुरक्षाको अवस्था कमजोर रहेको भन्दै मुख्यमन्त्री गिरीले यसतर्फ निगरानी बढाउन सुरक्षा संयन्त्रले निगरानी बढाउनुपर्ने बताए । उनले प्रदेशका बाँके, बर्दिया, कपिलवस्तुलगायत भारतीयसँग सीमा जोडिएका जिल्लामा निगरानी बढाउन निर्देशन दिए ।

प्रदेशमा क्यासिनो संस्कृतिले विकृति फैलाइरहेको जनगुनासो आइरहेको बताउँदै मुख्यमन्त्री गिरीले भने, “बाँकेलगायतका जिल्लामा क्यासिनो संस्कृति भित्रिएको र यसले विकृति फैलाइरहेको चौतर्फी गुनासा आइरहेका छन् । यसको रोकथामका लागि निर्माण भएको कानूनको कार्यान्वयन गर्नुहोला ।”
  
त्यसअवसरमा खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव खलबलिने घटना रोकथाम गर्नतर्फ सुरक्षा संयन्त्र लाग्नुपर्ने बताए । बैठकमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीषक टेकप्रसाद राईले सीमावर्ती क्षेत्रमा डकैती बढ्दै गइरहेको बताएका थिए ।

बाँके, बर्दिया, कपिलवस्तुलगायतका सीमावर्ती क्षेत्रमा गुण्डागर्दी, लागुऔषध ओसारपसार, चेलीबेटी बेचबिखनलगायतका घटना बढिरहेको भन्दै यसको रोकथामका लागि प्रहरीले विशेष अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावका बेला पनि गाउँ छोडनु पर्ने बाध्यता हटाउनसक्नेलाई भो
चुनावका बेला पनि गाउँ छोडनु पर्ने बाध्यता हटाउनसक्नेलाई भो
दाहाललाई बोलाएर ओलीले राखे सहकार्यको प्रस्ताव
सबल कांग्रेसका लागि समयमा १४ औं महाधिवेशन र तत्काल भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन आवश्यक : वरिष्ठ नेता पौडेल
सबल कांग्रेसका लागि समयमा १४ औं महाधिवेशन र तत्काल भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन आवश्यक : वरिष्ठ नेता पौडेल
१९ अन्तराष्ट्रिय उडानः फर्किए तीन हजार विदेशी
१९ अन्तराष्ट्रिय उडानः फर्किए तीन हजार विदेशी
मलामी विश्रामस्थल निर्मित
मलामी विश्रामस्थल निर्मित
यस्तो छ काठमाडौं महानगरले ल्याएको नीति तथा कार्यक्रम (पूर्णपाठ)
यस्तो छ काठमाडौं महानगरले ल्याएको नीति तथा कार्यक्रम (पूर्णपाठ)
शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपणको एक दशक पूरा, ५०६ जनामा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण !
शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपणको एक दशक पूरा, ५०६ जनामा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण !
भारतको आर्थिक वृद्धिदर ७.१ प्रतिशत
भारतको आर्थिक वृद्धिदर ७.१ प्रतिशत
वामपन्थी सरकारले मात्रै जनताको विकासको चाहना पूरा गर्छ -अध्यक्ष दाहाल
वामपन्थी सरकारले मात्रै जनताको विकासको चाहना पूरा गर्छ -अध्यक्ष दाहाल
प्रधानमन्त्री कार्कीको सिफारिसमा भण्डारी पहिलो महिला महान्यायाधिवक्ता बन्ने

तपाईंले छुटाउनुभयो कि?