सबल कांग्रेसका लागि समयमा १४ औं महाधिवेशन र तत्काल भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन आवश्यक : वरिष्ठ नेता पौडेल

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २२, २०७६
|
|
३८ पटक हेरिएको
Shares
सबल कांग्रेसका लागि समयमा १४ औं महाधिवेशन र तत्काल भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन आवश्यक : वरिष्ठ नेता पौडेल

सारांश

  • काठमाडौं।
  • नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई आन्तरिक रुपमा सबल बनाउनका लागि समयमा नै पार्टीको १४ औं महाधिवेशन गराउनुपर्ने बताएका छन्।
  • पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित पार्टीका स्वर्गीय नेता एवम् पूर्व मन्त्री रामकृष्ण ताम्राकारको १३ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले काँग्रेसको सुनौलो भविष्यका लागि पनि पार्टीको महाधिवेशन र भ्रातृ तथा शुभेच्छुक संगठनहरुको अधिवेशनहरु गराएर नयाँ नेतृत्व चयन गर्नुपर्ने तर्क समेत गरे।

काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई आन्तरिक रुपमा सबल बनाउनका लागि समयमा नै पार्टीको १४ औं महाधिवेशन गराउनुपर्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित पार्टीका स्वर्गीय नेता एवम् पूर्व मन्त्री रामकृष्ण ताम्राकारको १३ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले काँग्रेसको सुनौलो भविष्यका लागि पनि पार्टीको महाधिवेशन र भ्रातृ तथा शुभेच्छुक संगठनहरुको अधिवेशनहरु गराएर नयाँ नेतृत्व चयन गर्नुपर्ने तर्क समेत गरे।

वरिष्ठ नेता पौडेलले लोकतन्त्रको रक्षा र मुलुककै रक्षाका लागि पनि नेपाली काँग्रेसको पार्टी जीवनमा नयाँ जागरण अभियान संचालन गर्नुको विकल्प नरहेको पनि बताए। आन्तरिक रुपमा सवल बनाएर आगामी निर्वाचनमा काँग्रेसलाई सफल बनाउनुपर्ने वरिष्ठ नेता पौडेलको भनाई थियो। वरिष्ठ नेता पौडेलले सरकारले लोकतन्त्रको मर्ममाथि प्रहार गरिरहेको पनि दोहोर्याए।

कार्यक्रममा बोल्दै काँग्रेस उपसभापति विमलेन्द्र निधिले संघीयता कार्यान्वयन हुनेगरी नीति तथा कार्यक्रम ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे। उनले संक्रमणकालका बाँकि कामलाई समेत सरकारले नीति तथा कार्यक्रममा समेट्न नसकेको दावी समेत गरे। उपसभापति निधिले सरकारको नीति तथा कार्यक्रममा मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजाने ठोस कार्यक्रम नरहेको दावी पनि गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जन्मदिनमा अपाङ्ग लाई जिन्सी प्रदान
जन्मदिनमा अपाङ्ग लाई जिन्सी प्रदान
दसैँअघि काठमाडौंमा मेलम्चीको पानी आउँदैछ रे !
दसैँअघि काठमाडौंमा मेलम्चीको पानी आउँदैछ रे !
कर्णालीको विकासमा आर्थिक अभाव हुन दिन्न ः मुख्यमन्त्री शाही
कर्णालीको विकासमा आर्थिक अभाव हुन दिन्न ः मुख्यमन्त्री शाही
अवैध रकम खातामा जम्मा भए जानकारी दिन सिआइबीको आग्रह
अवैध रकम खातामा जम्मा भए जानकारी दिन सिआइबीको आग्रह
प्रिन्टर मेसिन बिग्रिदा यात्रु ठगीँदै
प्रिन्टर मेसिन बिग्रिदा यात्रु ठगीँदै
दुर्गा प्रसाईको बीएन्डसीमा एमबीबीएसका लागि ५० जनाको कोटा निर्धारण
दुर्गा प्रसाईको बीएन्डसीमा एमबीबीएसका लागि ५० जनाको कोटा निर्धारण
२४ करोड बढीको रङ्गशालाको शिलान्यास गरे सभामुख महराले
२४ करोड बढीको रङ्गशालाको शिलान्यास गरे सभामुख महराले
प्रचण्डको प्रस्तावः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने, नमाने जनताको बीचमा जान्छौं
प्रचण्डको प्रस्तावः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने, नमाने जनताको बीचमा जान्छौं
इयूको सुझावप्रति बाबुरामको कटाक्ष : गुड र गोबर नचिन्नेले थुतुनो नचलाएकै वेश !
इयूको सुझावप्रति बाबुरामको कटाक्ष : गुड र गोबर नचिन्नेले थुतुनो नचलाएकै वेश !
सरकारको आर्थिक वर्ष २०७४र०७५ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश
सरकारको आर्थिक वर्ष २०७४र०७५ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश