डोटीमा बलात्कार, काठमाडौंमा गर्भपतन, बलात्कार गर्ने शिक्षक धरौटीमा रिहा

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २३, २०७७
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • डोटी, कार्तिक २३ ।
  • डोटीमा छात्रालाई बलात्कार गरेको आरोप लागेका शिक्षक धरौटीमा छुटेका छन् ।
  • जिल्लाको केआईसिंह गाउँपालिका–४ की १९ वर्षीया किशोरीलाई बलात्कार आरोप लागेका झिमेमालिका माविका शिक्षक सोफी नाथ भट्टलाई जिल्ला अदालत डोटीले बुधबार ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

डोटी, कार्तिक २३ । डोटीमा छात्रालाई बलात्कार गरेको आरोप लागेका शिक्षक धरौटीमा छुटेका छन् ।

जिल्लाको केआईसिंह गाउँपालिका–४ की १९ वर्षीया किशोरीलाई बलात्कार आरोप लागेका झिमेमालिका माविका शिक्षक सोफी नाथ भट्टलाई जिल्ला अदालत डोटीले बुधबार ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतले अन्याय गरेको भन्दै किशोरीका आफन्तले गुनासो गरेका छन् । बलात्कारबाट गर्भवती भएकी किशोरीले काठमाडौं गएर गर्भपतन गराइसकेकी छन् ।

यस्तै जिल्ला अदालतको फैसला चित्त नबुझेपछि सरकारी वकिलको कार्यालय डोटीले उच्च अदालतमा पुनरावेदन गरेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?