ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल बालकोट पुगे, के भयो कुराकानी ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ५, २०७९
|
|
३२ पटक हेरिएको
Shares
ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल बालकोट पुगे, के भयो कुराकानी ?

सारांश

  • भक्तपुर ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
  • बालकोटस्थित ओली निवासमा आज दिउँसो भएको वार्तामा वर्तमान राजनीतिक सन्दर्भमा छलफल भएको थियो ।

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा आज दिउँसो भएको वार्तामा वर्तमान राजनीतिक सन्दर्भमा छलफल भएको थियो ।

भेटपछि फर्कने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले आफूहरू एकै ठाउँमा रहेको र राष्ट्रपतिका बारेमा एक–दुई दिनभित्रै सहमति गर्ने कोसिस भइरहेको बताए । उनले भने,“गठबन्धन कायमै छ, हामी सहमतिमै छौँ, हामी मिलेरै अगाडि बढ्छौँ, सत्ता साझेदार सरकार चलिरहेको छ, गठबन्धन टुट्ने–भत्कने कुरै छैन । यसलाई अझ कसरी राम्रो बनाउने भनेर लागिरहेका छौँ ।”

एमाले अध्यक्ष ओलीले भने प्रधानमन्त्री दाहालसँग पाँच वर्ष नै यही गठबन्धनलाई कायम राख्नुपर्ने र राष्ट्रपतिको सन्दर्भमा पुस १० गते भएको गठबन्धनको सहमतिलाई कार्यान्वयन गरेर जानुपर्ने धारणा राखेको ओलीको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिको निर्वाचन नजिकिँदै गएपछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपतिमा सहमति जुटाउनेबारेमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालले राष्ट्रपति सबै दलको सहमतिमा चयन गर्ने बताउँदै आएका छन् भने अध्यक्ष ओलीले पुस १० को सहमतिअनुसार नै राष्ट्रपति चयन हुनुपर्ने अडान राख्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाइको हेरचाहमा दिदीको योगदान ‘डाइङ क्यान्डल’ को ‘लगलाइन’
भाइको हेरचाहमा दिदीको योगदान ‘डाइङ क्यान्डल’ को ‘लगलाइन’
प्रश्नपत्रमा हदै लापरबाही: नेपाल-अंग्रेजी अनुवादमा भेटियो यस्तो गल्ती
प्रश्नपत्रमा हदै लापरबाही: नेपाल-अंग्रेजी अनुवादमा भेटियो यस्तो गल्ती
मेरो प्रतिस्पर्धी कोही छैन : कांग्रेस नेता निधि
मेरो प्रतिस्पर्धी कोही छैन : कांग्रेस नेता निधि
निर्वाचन सम्बन्धमा कुनै अप्रिय निर्णय नगर्न सरकारसँग निर्वाचन आयुक्तको आग्रह’
निर्वाचन सम्बन्धमा कुनै अप्रिय निर्णय नगर्न सरकारसँग निर्वाचन आयुक्तको आग्रह’
मापसे गरेर बस चलाउछन पर्यटक बसका चालकहरू !
मापसे गरेर बस चलाउछन पर्यटक बसका चालकहरू !
कैलाली ५ ‘ख’ मा कांग्रेसका पन्त विजयी
कैलाली ५ ‘ख’ मा कांग्रेसका पन्त विजयी
स्टक क्लियरेन्स मेला बुधबारबाट, दशैंका लागि आवश्यक सामान पाइने
स्टक क्लियरेन्स मेला बुधबारबाट, दशैंका लागि आवश्यक सामान पाइने
उपसचिव कुटेपछि मन्त्रालयमा भागाभाग
उपसचिव कुटेपछि मन्त्रालयमा भागाभाग
‘नागरिकता विधेयक ल्याएर नागरिकताको समस्या समाधान गर्नुपर्ने’
‘नागरिकता विधेयक ल्याएर नागरिकताको समस्या समाधान गर्नुपर्ने’
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, ऐन संशोधन विधेयक पेश गर्ने तयारी
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, ऐन संशोधन विधेयक पेश गर्ने तयारी

तपाईंले छुटाउनुभयो कि?