मेरो प्रतिस्पर्धी कोही छैन : कांग्रेस नेता निधि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
मेरो प्रतिस्पर्धी कोही छैन : कांग्रेस नेता निधि

सारांश

  • जनकपुर, मंसिर १५ – नेपाली कांग्रेसका नेता तथा धनुषा क्षेत्र नम्बर –३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले आफ्नो निर्वाचन क्षेत्रमा प्रतिस्पर्धी कोहि नभएको बताउनुभएको छ ।
  • उहाँकै निवासमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निधिले यस्तो बताउनुभएको हो ।
  • राजपा उम्मेदवार तथा निधिका प्रतिस्पर्धि राजेन्द्र महतोलाई इंकित गर्दै निधिले बाहिरको मान्छेलाई धनुषाका नागरिकले स्विकार नगर्ने बताउनुभयो ।

जनकपुर, मंसिर १५ – नेपाली कांग्रेसका नेता तथा धनुषा क्षेत्र नम्बर –३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले आफ्नो निर्वाचन क्षेत्रमा प्रतिस्पर्धी कोहि नभएको बताउनुभएको छ ।

उहाँकै निवासमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निधिले यस्तो बताउनुभएको हो । राजपा उम्मेदवार तथा निधिका प्रतिस्पर्धि राजेन्द्र महतोलाई इंकित गर्दै निधिले बाहिरको मान्छेलाई धनुषाका नागरिकले स्विकार नगर्ने बताउनुभयो ।

विगतमा यस क्षेत्रको लागि आफूले गरेको कामको मूल्यांकनले जनता आफ्नो पक्षमा रहेकाले आफू अत्याधिक मतले जित्ने र आफ्नो प्रतिष्पर्धा कसैसँग नरहेको निधिले दावी गर्नुभयो ।

आफू विरामी भएर काठमाडौंमा उपचारको लागि जाँदा मतदाताको घर–घरमा पुगेर मत माग्न नसकेको र जनताले त्यो कुरा बुझेर आफूलाई मतदान गर्नेमा विश्वस्त रहेको नेता निधिले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?