उपहार एफएमले मोक्तान दम्पत्तिलाई लाइफ अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ७, २०७९
|
|
३२ पटक हेरिएको
Shares
उपहार एफएमले मोक्तान दम्पत्तिलाई लाइफ अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने

सारांश

  • काठमाडौं ।
  • मोफसलको उदयपुरमा स्थापित भएको उपहार एफएमले आफ्नो प्रसारणको पाँच वर्ष पुरा गरेको अवसरमा एक अवार्ड कार्यक्रमको आयोजना गरेको छ ।
  • उपाहार मिडिया एजेन्सीद्वारा जिल्लाको त्रियुगा नगरपालिका वडा नं.

काठमाडौं । मोफसलको उदयपुरमा स्थापित भएको उपहार एफएमले आफ्नो प्रसारणको पाँच वर्ष पुरा गरेको अवसरमा एक अवार्ड कार्यक्रमको आयोजना गरेको छ । उपाहार मिडिया एजेन्सीद्वारा जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ११ गाइघाटमा रहेको उपहार एफ.एम. ९५.४ मेगाहर्ज ले ५ औ वार्षिक उत्सवको अवसर पारेर उदयपुर म्यूजिक अवार्ड २०७९ कार्यक्रम गर्न लागेको हो ।

यस अवार्ड कार्यक्रमका निर्देशक तथा साउण्ड डिजाइनर रहेका चर्चित गायक तथा संगीतकार ताराबीर पाण्डेले दिएको जानकारी अनुसार अवार्डमा भाग लिनका लागि कसैलाई पनि फारम भराइएको छैन । यद्यपी, विभिन्न विधामा गरि जिल्लाका २० जनाले अवार्ड प्राप्त गर्ने भएका छन् ।

एफ.एम.ले पाँचौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अवार्ड कार्यक्रमबाट उदयपुर भित्रका सङ्गीतकर्मी तथा कलाकर्मीहरुलाइ समेट्ने बताउँछन् उपहार एफ एम का सस्थापक सञ्चालक तथा आयोजक समितिका अध्यक्ष विश्वराज तामाङ । मोफसलमा रहेर पनि सञ्चारकर्मलाई आकर्षक बनाउन सकिन्छ भन्ने उदाहरणको पर्याय बनेका तामाङले स्थानीय प्रतिभाहरुलाई प्रोत्साहन गर्नका लागि यो किसिमको अवार्ड गर्न लागेको जानकारी दिए ।

अवार्डको लागि शुल्क तोकेर या नतोकेर फाराम भर्न आव्हान गर्दा कतिपय अग्रजहरुले अफ्ठेरो महसुस गरेको आफूले पाएको प्रष्टीकरण उनको छ । सांगीतिक क्षेत्रका श्रष्टा तथा गायकगायिका लगायतका कलाकारहरुका प्रतिभा अरुले महसुस गर्ने विधा भएको हुँदा कलाकार आफैंले अवार्ड दाबी गर्नुपर्ने प्रचलनमा सुधार ल्याउने सन्देश प्रवाह गर्नको लागि पनि उपहार एफएमले फारम नभरी प्रतिभाको आधारमा अवार्ड दिन लागेको उनले बताए ।

आयोजक र जुरीको निर्णयबाट छनोट भएका २० प्रतिभाले अवार्ड पाउने तामाङको भनाइ रहेको छ । फागुन १३ गते शनिबार दिनको १ बजेदेखि जिल्लाको गाइघाटस्थित रमणीय स्थलहरु समाविष्ट रत्ना रिसोर्टमा आयोजना गरिएको यो कार्यक्रम लगत्तै प्रदेशस्तरीय अवार्डको तयारीमा आफूहरु लागिपर्ने उनले जानकारी दिए ।

कार्यक्रममा जिल्लाका बरिष्ठदेखि कनिष्ट कलाकारहरुले गायन तथा नृत्य जस्ता सांगीतिक प्रस्तुतिहरु दिनेछन् भने फेशन शोको समेत आयोजना गरिएको छ ।

यस कार्यक्रममा सफल संगीतकार तथा संगीत संयोजक शीलाबहादुर मोक्तान तथा चर्चित गायिका कुन्ती मोक्तानलाई लाइफ अचिभमेन्ट अवार्ड सहित सम्मान गरिनेछ भने मोक्तान दम्पतीद्धारा उदयपुरका कलाकारहरुलाई अवार्ड वितरण गरिने छ ।

‘कला र संस्कृतिको पहिचान अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन’ भन्ने मुल मर्म र भावना सहित यो कार्यक्रमको आयोजना गरिएको हो ।

२०७५ सालमा स्थापना भएको उपहार एफएम ९५.४ मेगाहर्जले विगतमा पनि विभिन्न चाडपर्वहरुमा रेडियोले विभिन्न नागरिकका अभिरुचीका कार्यक्रमहरु आयोजना गर्दै आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?