एकजना पनि भोट हाल्न नआएपछि मतदान अधिकृत अचम्मित

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
२६ पटक हेरिएको
Shares
एकजना पनि भोट हाल्न नआएपछि मतदान अधिकृत अचम्मित

सारांश

  • सोलुखुम्बु ।
  • देशका तीन प्रदेशमा उत्साहपूर्ण मतदान भइरहदा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाको वडा नम्बर ६ को मतदान केन्द्र भने सुनसान छ ।
  • नेचा सल्यान गाउँपालिका वडा नम्बर ६ साबिक तिङ्ला गाविसका स्थानीयले चलाएको ’नो भोट नो क्याण्डिडेट’ आन्दोलन सफल भएको छ ।

सोलुखुम्बु । देशका तीन प्रदेशमा उत्साहपूर्ण मतदान भइरहदा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाको वडा नम्बर ६ को मतदान केन्द्र भने सुनसान छ । नेचा सल्यान गाउँपालिका वडा नम्बर ६ साबिक तिङ्ला गाविसका स्थानीयले चलाएको ’नो भोट नो क्याण्डिडेट’ आन्दोलन सफल भएको छ ।
बुधवार विहानैदेखि मतदाता पर्खेर बसेका मतदान अधिकृतसहितका कर्मचारी एकजना पनि भोट हाल्न नआएपछि अलमलमा परेका छन् । स्थानीय तहको पुर्नसंरचनालाई लिएर असन्तुष्टि जनाएका नेचा सल्यानवासीले उम्मेद्वारी पनि नदिने र मतदान पनि नगर्ने अडान लिएका थिए । स्थानीय मतदाता कोही पनि मतपत्र समेत लिन गएका छैनन । मतदान गराउन खटिनु भएका मतदान अधिकृत आनन्दराज पन्तले भने अहिलेसम्म कोही पनि भोट हाल्न नआउँदा आफुहरु अचम्मित भएको बताउनु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?