भूमि आयोगमा चार सय बढीको निवेदन

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ८, २०७९
|
|
४० पटक हेरिएको
Shares
भूमि आयोगमा चार सय बढीको निवेदन

सारांश

  • चितवन ।
  • राष्ट्रिय भूमि आयोग चितवनमा चार सय ८४ जनाले आफ्नो जग्गा धनी प्रमाणपूर्जा अद्यावधिकका लागि निवेदन दिएका छन् ।
  • अघिल्ला आयोगले भोगचलनका लागि मात्रै दिएका पूर्जा अद्यावधिकका लागि आयोगमा निवेदन दिएका हुन् ।

चितवन । राष्ट्रिय भूमि आयोग चितवनमा चार सय ८४ जनाले आफ्नो जग्गा धनी प्रमाणपूर्जा अद्यावधिकका लागि निवेदन दिएका छन् । अघिल्ला आयोगले भोगचलनका लागि मात्रै दिएका पूर्जा अद्यावधिकका लागि आयोगमा निवेदन दिएका हुन् ।

आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सीनाका अनुसार सात पालिकामध्ये सबैभन्दा धेरै निवेदन इच्छाकामना गाउँपालिकाबाट आएका छन् । गाउँपालिकाबाट दुई सय २३ वटा निवेदन परेको उनले जानकारी दिए । यस्तै भरतपुर महानगरपालिकाबाट एक सय ६३, खैरहनी नगरपालिकाबाट ४२, माडी नगरपालिकाबाट २४, राप्ती नगरपालिकाबाट १९ र रत्ननगर नगरपालिकाबाट १३ वटा निवेदन परेका छन् । कालिका नगरपालिकाबाट अहिलेसम्म निवेदन नपरेको उनले बताए ।

आएका निवेदनमाथि छानविन गरी आयोगले निर्णय गर्ने उनले बताए । उनले भने,“जग्गाको मूल्य बराबरको राजश्व बुझाई सकेकाको अद्यावधिकका लागि छिट्टै निर्णय गर्छौँ ।” जग्गा धनी प्रमाण पूर्जा पाएर पनि समय तोकिएर बेचबिखन गर्न नपाउने गरी अघिल्ला आयोगले जिल्लामा पूर्जा वितरण गरेका थिए । पुराना आयोगले पाँच वर्ष र १० वर्षसम्म बेचबिखन गर्न नपाउने गरी पूर्जा वितरण गरेको उनले बताए ।

आयोगले निवेदन सङ्कलन गरेर उनीहरुलाई अब पूर्ण स्वामित्वका लागि निर्णय गर्ने उनको भनाइ छ । जिल्लामा रहेका मालपोत कार्यालय र नापी कार्यालयसँग समन्वय गरेर काम अघि बढाइने आयोगले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेका पूर्वकेन्द्रीय सदस्य चन्द्र माओवादी प्रवेश
एमालेका पूर्वकेन्द्रीय सदस्य चन्द्र माओवादी प्रवेश
सर्वोच्च अदालतको आदेश प्राप्त नै भएको छैन, प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भैसक्यो -प्रमुखनिर्वाचन आयुक्त यादव
सर्वोच्च अदालतको आदेश प्राप्त नै भएको छैन, प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भैसक्यो -प्रमुखनिर्वाचन आयुक्त यादव
आज  रवि लामिछानेका सवारी चालक थापाको अन्तेष्टी गरिँदै
आज रवि लामिछानेका सवारी चालक थापाको अन्तेष्टी गरिँदै
दुर्घटना न्यूनीकरणका लागि संवेदनशील र जिम्मेवार भएर लाग्न गृहमन्त्री लेखकको निर्देशन
दुर्घटना न्यूनीकरणका लागि संवेदनशील र जिम्मेवार भएर लाग्न गृहमन्त्री लेखकको निर्देशन
शशाङ्क सभापति बन्ने पक्का, यस्ताे छ देउवाकाे रणनीति
शशाङ्क सभापति बन्ने पक्का, यस्ताे छ देउवाकाे रणनीति
विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट गराउने पक्राउ
विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट गराउने पक्राउ
प्रचण्डलाई किन एक्लै भेट्न चाहे चिनियाँ राष्ट्रपतिले ?
प्रचण्डलाई किन एक्लै भेट्न चाहे चिनियाँ राष्ट्रपतिले ?
दुई महिनाभित्र व्यावसायिक भैँसीपालन राष्ट्रिय रणनीति बन्ने
दुई महिनाभित्र व्यावसायिक भैँसीपालन राष्ट्रिय रणनीति बन्ने
Logowanie I Rejestracja W Kasynie Onlin
यूएईलाई हराउँदै नेपाललाई यू-१९ कपको उपाधि
यूएईलाई हराउँदै नेपाललाई यू-१९ कपको उपाधि

तपाईंले छुटाउनुभयो कि?