शशाङ्क सभापति बन्ने पक्का, यस्ताे छ देउवाकाे रणनीति

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १८, २०७५
|
१७
|
१६ पटक हेरिएको
Shares
शशाङ्क सभापति बन्ने पक्का, यस्ताे छ देउवाकाे रणनीति

सारांश

  • वैशाख १८, काठमाण्डौ ।
  • चुनावमा पार्टीले पराजय भोगेपछि आलोचित बनेका कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेल समुहका भनिएका महामन्त्री डा शशांक कोइरालालाई आफ्नो पक्षमा पार्न सफल भएका छन् ।
  • महामन्त्री शशांक कोइराला एकाएक बरिष्ठ नेता रामचन्द्र पौडेलसँग रुष्ट बनेका छन् ।

वैशाख १८, काठमाण्डौ । चुनावमा पार्टीले पराजय भोगेपछि आलोचित बनेका कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेल समुहका भनिएका महामन्त्री डा शशांक कोइरालालाई आफ्नो पक्षमा पार्न सफल भएका छन् ।

महामन्त्री शशांक कोइराला एकाएक बरिष्ठ नेता रामचन्द्र पौडेलसँग रुष्ट बनेका छन् । उनले नेता पौडेललाई आवेगमा नआउन समेत चेतावनी दिएका छन् ।

डा कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलको सहमतिमै पदाधिकारी मनोनयन गर्न आफूले सोमबार बोलाइएको निर्वाचित केन्द्रीय सदस्यहरूको बैठक शुक्रबारसम्मका लागि स्थगित गर्न सभापति देउवासँग आग्रह गरेको पनि स्पष्ट पारेका छन् ।

पछिल्लो समय नेता कोइराला पार्टी सभापति देउवाप्रति अलिक बढि नै नरम बनेका छन् । तर, आफ्नै गुटका नेता पौडेलप्रति आक्रमक रुपमा प्रस्तुत भएका छन् । कतिसम्म भने कोइरालाले पौडेललाई सार्वजनिक रुपमै आलोचना गर्न थालेका छन् ।

कांग्रेस निकट उच्च स्रोतले दिएको जानकारी अनुसार कोइराला नेता पौडेलसँग दुरी बढाएर देउवासँग नै नजिक हुन थालेका छन् ।

१३ औँ महाधिवेशनमा पौडेल समुहबाट महामन्त्रीमा विजयी भएका कोइरालालाई आगामी महाधिवेशनमा सभापति बनाउने आश्वासन दिएर देउवाले आफ्नो समुहमा ल्याएका हुन् ।

चुनावमा पार्टीका अधिकांश उम्मेदवार पराजित भएपछि नेतृत्वको कमजोरी औँल्याउँदै सभापति देउवाको राजिनामासमेत मागिएको थियो । तर देउवाले चलाखीपूर्ण तरिकाले बाँकी दुई वर्षको कार्यकाल सहज रुपमा पूरा गर्नका लागि कोइरालाको सहयोग मागेर आफू १४ औँ महाधिवेशनमा सभापतिको दाबी नगर्ने बाचा गरेकाे  स्राेतकाे दावी छ ।

शशांकले पनि देउवाको सहयोगमा सभापति बन्ने सम्भावना देखेपछि पौडेलसमुह छोडेका हुन् । शशांकले छोडेपछि पौडेल समुह कमजोर बन्ने देखिएको छ ।

सभापति देउवाले पदाधिकारी मनोनयन गर्न खोज्दा पौडेल पक्षले दुई महिनाभित्र गर्नुपर्ने मनोनयन दुई वर्षपछि गर्दा विधान विपरित हुने भन्दै विरोध गर्दा महामन्त्री शशांकले भने देउवाको समर्थन गरेका थिए ।

देउवाको बाँकी दुई वर्षको सभापतिको कार्यकालमा समर्थन गरे अर्कोपटक आफू सभापति बन्ने शशांकको दाउ रहेको छ ।

शसांक सभापती, आरजु महामन्त्री 

आसन्न महाधिवेसनबाट पार्टी नेतृत्व हस्तान्तरण गर्ने काङ्ग्रेस सभापती शेरबहादुर देउवाको योजना खुलासा भएको छ । गत निर्वाचनमा पार्टिले हार बेहोरेपछी अबको महाधिवेसनबाट सभापती बन्न नसकिने निष्कर्षमा देउवा पुगेका छन ।

प्रधानमन्त्री भएको समयमा गरेको काम र सार्वजनिक अभिब्यक्तिबाट पार्टी र आफु स्वयमको शाख घटेको भेउ पाएका देउवा अर्ली महाधिवेसन नगर्ने तर नियमित अधिवेसनबाट नेतृत्व हस्तान्तरण गर्ने योजनामा रहेको बताईन्छ ।

सभापती देउवाले महामन्त्री शसांक कोईराला पार्टी सभापती बनेमा आफु सकारात्मक बन्ने संकेत गरेका छन । देउवाको यही मनसाय बुझेका कोईराला बिस्तारै पौडेल खेमाबाट टाढिने र देउवा प्यानलबाट नै सभापतिको आधिकारिक उमेदवार बन्न सकिने बुझाईमा छन ।

स्राेतका अनुसार  जिवनको उत्तरार्धमा देउवा श्रीमती आरजुलाई आफ्नो उत्तराधिकारी बनाउन चाहन्छन । आरजु लाई महामन्त्री बनाएर शसांक सभापती बन्ने सम्भावना देखिन्छ ।

प्रतिक्रिया

17 कमेन्ट

    Comment Author

    Justin Biral

    B-) ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

    Comment Author

    Bhojraj Gyawali

    ससाङ्क र देउवा कुनै फरक छैनन्

    Comment Author

    Binod Khatry

    Same ho

    Comment Author

    Indra Surkheti

    La badhai chha

    Comment Author

    Jagadish Karki

    Arju aunty lai banauda bast

    Comment Author

    Mohan Kayasta

    Welcome Shashank Ji.

    Comment Author

    Bachchu Kailash Budhathoki

    Badhai xa.

    Comment Author

    Amrit Rai

    They both don’t have vision to drive to Nepali Congress as well as Nation also.

    Comment Author

    Shanta Giri

    जाल झेल, छक्का पन्जा, ढाँट छल उहि त हो नि जनतालाई धोका ।

    Comment Author

    Shyam Pant

    Rip both of you

    Comment Author

    सिँङगर जनक थापा

    तेरि मा चिकने भिकारी गरने भयत पहिला नै गरथिस अहिले भुकेर हुनछ पागल साला

    Comment Author

    Laxman Neupane

    Never

    Comment Author

    Hemanta Parajuli

    कुल बहादुर गुरुङ जस्ता कांग्रेसका पुराना नेतालाई अपमान गर्न जेहाद छोड्ने शेर बहादुर देउवाको दोश्रो अपमानित ब्यक्तित्वमा अव डा.शशांक कोईराला पर्न जांदै हुनुहुन्छ । आफ्ना बावुको पथ पछ्याउलान भनेको त देउवाको फेरो समातेर आफ्नै पुज्य पिताजीको मानमर्दन गर्न पो पौडेल जी को साथ छोडेका रहेछन ।

    Comment Author

    Hari Prasad Rijal

    अाखिर कुकुरको पछि लायर अाफनाे बाबुको ससकार भुलेर रामचन्द्र पाैडेल जस्ता मानछेलाई लात हाने महाकाे कुकुर भयछ ससाङक अब भतुवकाे केही काम छैन रामचन्द्र पछेमा हामी छम

    Comment Author

    Bisho Ram Poudel

    Ramro kam

    Comment Author

    Ajit Sharma

    हाराकिरी गर्दैछाै देउवा ,अारजु महामंत्री बनाउने सभापती शसांक याे त तिम्रो र अारजु भाउजू काे राजनीतिक हाराकिरी हाे

    Comment Author

    Tarak Kisor Thapa

    Jata malkhu utai dalku vaneko yastai ho..

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 17
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?