यूएईलाई हराउँदै नेपाललाई यू-१९ कपको उपाधि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ७, २०८०
|
|
१५ पटक हेरिएको
Shares
यूएईलाई हराउँदै नेपाललाई यू-१९ कपको उपाधि

सारांश

  • काठमाडौं।
  • नेपालले यूएईलाई १९ रनले हराउँदै यू-१९ प्रिमियर कपको उपाधि जितेको छ।
  • कडा प्रतिस्पर्धामा यूएईलाई हराउँदै नेपालले फाइनलमा जित हासिल गरेको हो।

काठमाडौं। नेपालले यूएईलाई १९ रनले हराउँदै यू-१९ प्रिमियर कपको उपाधि जितेको छ। कडा प्रतिस्पर्धामा यूएईलाई हराउँदै नेपालले फाइनलमा जित हासिल गरेको हो।

मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८ रनमात्रै बनाएपछि नेपाल १९ रनले विजयी भएको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा २८० रनको बलियो स्कोर खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रेको यूएईले २ विकेट क्षतिमा ५२ रन बनाएको अवस्थामा वर्षाका कारण खेल लामो समय अवरुद्ध भयो।

तर, खेल वर्षाका कारण प्रभावित हुँदा २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण गरिएको थियो। तर, यूएई १७८ रनमा अलआउट भयाे।

च्याम्पियन बनेको नेपालसँगै यूएई यू-१९ एसिया कपमा छनोट भइसकेका छन् । तेस्रो भएको जापान पनि एसिया कपमा छनोट भएको छ। एसिया कप आगामी डिसेम्बरमा पाकिस्तानमा हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?