सर्वोच्च अदालतको आदेश प्राप्त नै भएको छैन, प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भैसक्यो -प्रमुखनिर्वाचन आयुक्त यादव
सारांश
- काठमाडौं, १० कार्तिक ।
- प्रमुख निर्वाचन आयुक्त डा.
- अयोधि प्रसाद यादवले सर्वोच्चअदालतको आदेश आफूहरुले नपाएकोले आजैबाट प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भएको स्पष्ट पारेका छन् ।
काठमाडौं, १० कार्तिक । प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले सर्वोच्चअदालतको आदेश आफूहरुले नपाएकोले आजैबाट प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भएको स्पष्ट पारेका छन् । उनले भने,‘सर्वोच्च अदालतले के आदेश पठाएको छ, हामीलाई थाहा छैन, पहिलो आदेशको जवाफ हामीले कार्तिक ७ गते नै पठाईसकेको छु, अहिले आयोगलाई कुनैपत्रआएको छैन, हामीआफ्नो पूर्वनिर्धारित कार्यक्रमअनुसार नै मतपत्र छपाईलाई अघि बढाएको छौं, जनक शिक्षाकार्यालयले काम सुरु गरिसक्यो, अब रोकिँदैन्।’
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमाबोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले अदालतको आदेश अहिलेसम्मआफूहरुले प्राप्तनगरेको भन्दै मतपत्र छपाईको काम आजबाट नै सुरु भएको जानकारी दिए । उनले भने,‘मतपत्रको बारेमा सर्वाेच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै हामी पूर्वनिर्धारित कार्यक्रम अनुसार नै आयोग अघि बढ्छ ।’उनले दालतको पछिल्लो आदेश औपचारिकरूपमाआयोगमाप्राप्तभइनसकेको बताए । क्लबका सभापति ऋषिधमलाको सभापतित्वमा आयोजित साक्षात्कार मा उनले समानुपातिकतर्फको मतपत्र छपाईको काम आजैबाट सकिएको उल्लेख गर्दै भने ,‘समानुपातिकतर्फको मतपत्र छपाईको काम आजबाट सकियो, अब आजैबाट प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भयो, अबकाम रोकिँदैन।’’यादवले र्वाचनपूर्वनिर्धारित मितिमै हुने बताउँदै अब पनि यसबारेमा कतैपनि अन्यौलता हुननहुने धारणा राखे । उनले थपे,‘चुनाव कसैले रोक्न सक्दैन, निर्वाचनआयोग चुनाव गराएरै छोड्ने पक्षमा छ।’ पत्रकार धमलाले अदालतको आदेश बाध्यकारी छ अरे नि भनेर सोधेको प्रश्नमा यादवले आक्रोश पोख्दै भने,‘ऋषिजी म सँग अनुमानको प्रश्न नगर्नुहोस्, म अनुमानित प्रश्नको जवाफ दिने पक्षमा छैन, पहिलो कुरा अदालतको आदेश के छ भन्ने कुरा नै हामीले पाएका छैनौं।’
त्यस्तै उनले मतपत्रकति वटा हुन्छ नि भनेर सोधेको अर्को प्रश्नमा भने,‘मतपत्रबारे पहिलाजे सहमतिभएको थियो त्यही हुन्छ, मतपत्र एउटा हो, तर प्रत्यक्ष र समानुपातिकको आधारमाचार वटा नै हुन्छ, प्रत्यक्षमापहिलो क खण्डामा प्रदेश सभा र ख खण्डामा प्रतिनिधि सभा हुन्छ, त्यसैले यसलाई दुईवटै मतपत्रको रुपमालिन सकिन्छ, ।’
उनले भने,‘निर्वाचनका बारेमा आलोचना, प्रतिआलोचना र अनुमानको कुरा आइरहेकोछ, निर्वाचनको वातावरण अस्थिर तुल्याउने कामकहीँ कतैबाट नहोस्, निर्धारित समयमै निर्वाचन गर्न हामी प्रतिबद्ध छौँ।’
यादवले आफूहरुलाई बजेटको कुनै अभाव नरहेको समेत जानकारी दिए । उनले भने,‘निर्वाचनको लागि बजेटको कुनै अभाव छैन, हामीले मितव्ययी ढंगबाट नै बजेटलाई उपयोग गरेका छौं ।’
यादवले निर्धारितमितिमै निर्वाचनगर्ने सन्दर्भमापहिलो चरणको निर्वाचनको उम्मेदवारको मनोनयन र निर्वाचनचिन्हप्रदानभई प्रचा रप्रसारको काम शुरु भइसकेको, समानुपातिकतर्फको मतपत्र छाप्ने काम पूरा भएको, दोस्रोचरणको लागि समेत निर्वाचनअधिकृतको कार्यलय खोलिसकिएको हुँदाविश्वासका साथनिर्वाचन सञ्चालनगर्न आयोग अघि बढेकाले अन्यौलको वातावरण नरहेको स्पष्ट पारे । निर्वाचनतोकिएकै मितिमा सफलतापूर्वक सम्पन्न गराउनआयोग प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले अदालतको आदेशलाई सम्मानगर्दै मतपत्रका सम्बन्धमाआयोगले गठन गरेको समितिको सुझावकाआधारमाआयोग अघि बढेको समेत जानकारी दिए ।
पहिलो चरणको उम्मेदवारी मनोनयनकासिलसिलामा राजनीतिकदल र सुरक्षा निकायबाट निर्वाह भएको भूमिका सरहाहनीय रहेको उल्लेख गर्दै मंसिर १० र २१ गते हुने निर्वाचनको लागिउच्च स्तरको सुरक्षाप्रबन्धभएको समेत उनले विश्वास दिलाए । उनले भने,‘सुरक्षाको बलियो प्रबन्ध छ।’
प्रतिक्रिया