कैलाली र कञ्चनपुरमा खखडेहरा पर्वको बिदा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ३०, २०७९
|
|
३० पटक हेरिएको
Shares
कैलाली र कञ्चनपुरमा खखडेहरा पर्वको बिदा

सारांश

  • काठमाडौं ।
  • राना थारू समुदायको खखडेहरा पर्वका अवसरमा आज कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिइएको छ ।
  • सुदूरपश्चिम प्रदेश सरकारले खखडेहरा पर्वका लागि सार्वजनिक बिदा दिएको हो ।

काठमाडौं । राना थारू समुदायको खखडेहरा पर्वका अवसरमा आज कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले खखडेहरा पर्वका लागि सार्वजनिक बिदा दिएको हो ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीका अनुसार प्रदेश राजपत्रमा प्रकाशित २०७९ सालको बिदासम्बन्धी सूचनाअनुसार खखडेहरा पर्वको बिदा आगामी चैत १ गते कायम गरिएकामा प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले संशोधन गरी आज बिदा दिने निर्णय गरेको हो । प्रदेश मन्त्रिपरिषद्को फागुन २८ गतेको बैठकले बिदा दिने निर्णय गरेको हो ।

होली पर्वको अन्तिम दिन खखडेहरा पर्व मनाइने गरिन्छ । राना थारू समुदायमा जिउँदो होली, मरेको होली र खकडेहराका रूपमा ३८ दिनसम्म होली पर्व मनाइने चलन छ । होली पर्वमा भगवान् श्रीकृष्ण, रामका कथाहरूलाई गीतमा ढालेर गाइने गरिन्छ । जिउँदो होली माघ पूर्णिमादेखि फागुपूर्णिमासम्म महिला–पुरुष मिलेर ढोलको तालमा नाच्दै रातिका बेला गीत गाउँदै मनाउने गरिन्छ ।

होलीको टीकाको दिनदेखि आठौँ दिन खखडेहराको दिनसम्म खेलिने होलीलाई ‘मरेको होली’ भनिन्छ । खासगरी यो होली दिउँसो र राति दुवै समयमा खेल्ने गरिन्छ । फागुपूर्णिमा वा होलीको अन्तिम दिन वा फागुपूर्णिमापछिको आठौँ दिनलाई खडेहरा पर्वका रूपमा मनाइन्छ । खखडेहरा पर्व विशेषतः होलीलाई पुनः मथुरामै अर्को वर्षसम्मका लागि फिर्ता गरी बिदाइ गर्नु रहेको स्थानीय रामसहाय रानाले बताए ।

खखडेहराका दिन बिहानै गाग्री, टायल, खप्टा, सुकेको गोबर, जल गाउँको बाहिर लगेर जम्मा गर्ने चलन छ । त्यो जम्मा गरेको सामग्रीलाई गाउँका अगुवाले फुटाउने गरिन्छ । “यसरी सामग्री फुटाउँदा रोगव्याधि र राक्षसी प्रवृत्ति हराउने विश्वास छ”, उनले भने, “फुटाएका सामग्री फर्केर हेरिँदैन, त्यसपछि घरमा आएर सबैले नुहाइधुवाइ गरी होलिका जलाएको खरानीको टीका लगाइन्छ ।” यो चलन राना थारू समुदायमा पुर्खौँदेखि चल्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने प्रयास कदापि सफल हुँदैन : प्रधानमन्त्री
व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने प्रयास कदापि सफल हुँदैन : प्रधानमन्त्री
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ : प्रधानमन्त्री
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ : प्रधानमन्त्री
इजरायली प्रधानमन्त्रीद्वारा आफ्नो भ्रमण छोट्याउने
इजरायली प्रधानमन्त्रीद्वारा आफ्नो भ्रमण छोट्याउने
रुसमा ७८ जना यात्रु सहितको विमानमा आगलागी, ४० जनाको मृत्यु
रुसमा ७८ जना यात्रु सहितको विमानमा आगलागी, ४० जनाको मृत्यु
असहज महसुस भएपछि प्रधानमन्त्री ओली राती नै अस्पतालमा
असहज महसुस भएपछि प्रधानमन्त्री ओली राती नै अस्पतालमा
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गते हुने
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गते हुने
राष्ट्रपतिसमक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा दावी प्रस्तुत
राष्ट्रपतिसमक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा दावी प्रस्तुत
कैलाली १ मा फरार चौधरीको अग्रता फराकिलो
कैलाली १ मा फरार चौधरीको अग्रता फराकिलो
वाइडबडी अनियमितता सम्बन्धी प्रतिवेदन अन्तिम चरणमा
वाइडबडी अनियमितता सम्बन्धी प्रतिवेदन अन्तिम चरणमा
राजा छनोट गर्ने एेतिहासीक लिगलिगे दौड हुँदै !
राजा छनोट गर्ने एेतिहासीक लिगलिगे दौड हुँदै !

तपाईंले छुटाउनुभयो कि?