व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने प्रयास कदापि सफल हुँदैन : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १५, २०८०
|
|
२६ पटक हेरिएको
Shares
व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने प्रयास कदापि सफल हुँदैन : प्रधानमन्त्री

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले गणतन्त्र दिवसको ओज, महिमा र महत्वलाई उच्चरुपमा सम्मान गर्दै दिवसलाई भव्यरुपमा मनाउन आम समुदायमा अपिल गरेका छन् ।
  • गणतन्त्र दिवस मूल समारोहद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा उनले नेपाली समाजको संरचना तथा भौगोलिक विशिष्टतालाई सम्बोधन गर्न सङ्घीयता, समावेशीता एवं समानुपातिक प्रतिनिधित्वको सिद्धान्त अङ्गीकार गरिएको बताए ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले गणतन्त्र दिवसको ओज, महिमा र महत्वलाई उच्चरुपमा सम्मान गर्दै दिवसलाई भव्यरुपमा मनाउन आम समुदायमा अपिल गरेका छन् ।

गणतन्त्र दिवस मूल समारोहद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा उनले नेपाली समाजको संरचना तथा भौगोलिक विशिष्टतालाई सम्बोधन गर्न सङ्घीयता, समावेशीता एवं समानुपातिक प्रतिनिधित्वको सिद्धान्त अङ्गीकार गरिएको बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘हामी स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न एवं गणतान्त्रिक देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ । जनताबाट चुनिएका प्रतिनिधिबाट आज मुलुकको शासन प्रणाली सञ्चालन भइरहेको छ ।’

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मौलिक राजनीतिक प्रणाली हो भन्ने तथ्य स्थापित हुँदै गएको उल्लेख गर्दै उनले यसलाई अझै जनताको जीवन व्यवहारसँगै जोडर स्थापित गर्दै लैजानुपर्ने आवश्यकतामा जोड दिए ।

जनताको आर्थिक, समाजिक र सांस्कृतिक रुपान्तरण अहिलेको व्यवस्थाको अभिष्ट भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संविधान र व्यवस्थाअनुरुप सञ्चालित सरकारलगायत सबै पक्षको ध्यान अब गणतान्त्रिक व्यवस्था अभिष्ट पूरा गर्नतर्फ केन्द्रित हुनुपर्ने बताए ।

गणतान्त्रिक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य हुन जरुरी रहेको उल्लेख गर्दै उनले महत्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र जनताको समान एवं अविचलित धारणा हुन सकेमात्र मुलुकलाई अघि बढाउँदै राष्ट्रिय एकताको जगलाई बलियो बनाउन सकिने धारणा प्रकट गरे ।

प्रधानमन्त्री दाहालले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिटै अतिकम विकसित राष्ट्रबाट विकासिल र विकसित राष्ट्रमा रुपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने षड्यन्त्र भइरहेको जिकिर गर्दै उनले संविधान कार्यान्वयन र शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम र वितृष्णा छर्ने प्रयास कदापि सफल नहुने विश्वास दिलाए ।

प्रधानमन्त्री दाहालले भने, ‘लोकतन्त्रको विकास लोकतन्त्रभित्रबाट सम्भव छ भन्ने विषय पछिल्ला दिनका कतिपय घटनाले पुष्टि गरेका छन् ।’ उनले सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपालका लागि फेरि राष्ट्रिय एकताको खाँचो रहेको तथ्यलाई गम्भीरतापूर्वक लिन सबैमा अपिल गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युएइले ९ महिनाकी एक बालिकाको लागि देशको कानुन नै परिवर्तन गर्यो
युएइले ९ महिनाकी एक बालिकाको लागि देशको कानुन नै परिवर्तन गर्यो
स्थायी बसपार्क कार्यान्वयनमा समस्या
स्थायी बसपार्क कार्यान्वयनमा समस्या
सर्वोच्चले दियो अर्को आदेश : सुमार्गीले बैंकबाट झिकेको रकम फिर्ता गर्नुपर्ने
सर्वोच्चले दियो अर्को आदेश : सुमार्गीले बैंकबाट झिकेको रकम फिर्ता गर्नुपर्ने
सानालाइ ऐन ठुलालाइ चैन भने जस्तै किन उन्मुक्ति पाउछन पैसावाला र पहुचवालाहरुले ?
सानालाइ ऐन ठुलालाइ चैन भने जस्तै किन उन्मुक्ति पाउछन पैसावाला र पहुचवालाहरुले ?
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
३० हजार घुससहित प्रहरी नायव निरीक्षक अख्तियार नियन्त्रणमा
३० हजार घुससहित प्रहरी नायव निरीक्षक अख्तियार नियन्त्रणमा
धितोपत्र बजारः कारोबार रकम ७६ करोड नाघ्यो
धितोपत्र बजारः कारोबार रकम ७६ करोड नाघ्यो
भारतले लगायो गहुँ निर्यातमा प्रतिवन्ध, नेपालसहित दक्षिण एशियाली मुलुकहरु प्रभावित हुने
भारतले लगायो गहुँ निर्यातमा प्रतिवन्ध, नेपालसहित दक्षिण एशियाली मुलुकहरु प्रभावित हुने
आज महाशिवरात्रि पर्व : देशभर भगवान् शिवको पूजा आराधना गरी मनाईँदै
आज महाशिवरात्रि पर्व : देशभर भगवान् शिवको पूजा आराधना गरी मनाईँदै
नेप्से परिसूचक आज पनि घट्यो
नेप्से परिसूचक आज पनि घट्यो

तपाईंले छुटाउनुभयो कि?