विवाहपछि सफल अभिनेत्रीहरू

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ८, २०७९
|
|
२७ पटक हेरिएको
Shares
विवाहपछि सफल अभिनेत्रीहरू

सारांश

  • काठमाडौं।
  • विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा विवाह ढिला गर्छन्।
  • यद्यपि केही भने विवाहपश्चात् आफूलाई अब्बल सावित गर्दै अभिनेत्रीका रूपमा उचाइमा समेत पुगेका छन्।

काठमाडौं। विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा विवाह ढिला गर्छन्।

यद्यपि केही भने विवाहपश्चात् आफूलाई अब्बल सावित गर्दै अभिनेत्रीका रूपमा उचाइमा समेत पुगेका छन्। ‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि फिल्ममा काम पाइँदैन भन्ने बुझाइलाई समेत ती अभिनेत्रीले गलत सावित गरेका छन्।

सदाबहार अभिनेत्रीको परिचय बनाएकी करिश्मा मानन्धरले विवाहपश्चात् सफलता प्राप्त गरिन्। ‘कस्तुरी’ चलचित्र सुटिङका क्रममा निर्माता विनोद मानन्धरसँग उनको विवाह भएको थियो।

विसं २०४६ मा निर्माण भएको ‘सन्तान’ बाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री मानन्धर एक छोरीकी आमासमेत हुन्। यद्यपि विज्ञापन, म्युजिक भिडियोमा समेत उनको व्यस्तता उस्तै छ।

विसं २०५२ मा निर्माण भएको ‘दाइजो’ मा छोटो भूमिकामा देखिएकी अभिनेत्री झरना थापा २०५५ सालमा पति सुनिलकुमार थापाले निर्माण गरेको चलचित्र ‘धर्मसङ्कट’बाट आफूलाई स्थापित गर्न सफल भइन्।

“मेरो चलचित्र यात्रामा ‘ए मेरो हजुर’को महत्त्व छ। यसमै अभिनय गरेपछि नयाँ उचाइ पाएँ। यही नाममार्फत निर्देशनमा समेत मेरो उदय भयो”, अभिनेत्री थापाले भनिन्, “आमा भएकै कारण दर्शक घट्ने वा चलचित्रमा काम नपाउने भएन। मैले छोरीलाई समय दिन सकिनँ भन्ने चाहिँ लाग्थ्यो।”

अभिनेत्री रेखा थापाले विवाहपश्चात् प्राप्त गर्नुभएको सफलता उदाहरणीय नै छ। सञ्चिता लुइँटेल, प्रियङ्का कार्की, केकी अधिकारी, वर्षा राउत, स्वस्तिमा खड्का, आँचल शर्मा विवाहपश्चात् अभिनयमा सक्रिय छन्।

“विवाहपश्चात् झनै स्वतन्त्र महसुस हुन्छ। विवाह अगाडि घरबाट साथ भए पनि समाजको बुझाइमा फरक हुनेरहेछ। श्रीमान्को साथले चलचित्रमा आफूलाई अगाडि बढाउन मद्दत गरिरहेको छ। म छोरी र बुहारीलाई सन्तुलन गरेर अभिनय यात्रामा छु”, अभिनेत्री शर्माले भनिन्।

उनले अभिनय गरेको ‘झिङ्गेदाउ’ यस वर्षको सुपरहिट भइसकेको छ भने ‘नाइ नभन्नु ल’ को छैटौँ शृङ्खला आउँदो वर्षको पहिलो दिन वैशाख १ मा प्रदर्शन हुँदैछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालसँग शीर झुकाउँछौ तर सम्बन्ध तोड्दैनौः भारतीय रक्षामन्त्री
नेपालसँग शीर झुकाउँछौ तर सम्बन्ध तोड्दैनौः भारतीय रक्षामन्त्री
दुर्घटना न्युनिकरणका लागि १५ दिने महाअभियान
दुर्घटना न्युनिकरणका लागि १५ दिने महाअभियान
सुजुकी मोटरसाइकलको मेगा एक्सचेञ्च मेला, बजार मुल्यभन्दा १५ हजार बढि भ्यालुएसन
सुजुकी मोटरसाइकलको मेगा एक्सचेञ्च मेला, बजार मुल्यभन्दा १५ हजार बढि भ्यालुएसन
डाँडो खारेर प्लटिङ गरिएको जमिन फाट्दा ४ घर भत्किए
डाँडो खारेर प्लटिङ गरिएको जमिन फाट्दा ४ घर भत्किए
काठमाडौँ महानगरभित्र कुन व्यवसाय गर्दा कति तिर्ने कर ?
काठमाडौँ महानगरभित्र कुन व्यवसाय गर्दा कति तिर्ने कर ?
तातोपानी कुण्डमा १५ हजारले गरे स्नान, ४२ लाख आम्दानी
तातोपानी कुण्डमा १५ हजारले गरे स्नान, ४२ लाख आम्दानी
२८ हजार २९८ जनाको उम्मेदवारी दर्ता, विवरण आउने क्रम जारी
२८ हजार २९८ जनाको उम्मेदवारी दर्ता, विवरण आउने क्रम जारी
पोखरा विश्वविद्यालय आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरु न्यूनतम मापदण्डविपरित सञ्चालित(विज्ञप्तीसहित)
पोखरा विश्वविद्यालय आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरु न्यूनतम मापदण्डविपरित सञ्चालित(विज्ञप्तीसहित)
प्रतिनिधि सभाको दोस्रो अधिवेशनका सम्भावित कार्यक्रमहरु सार्वजनिक
प्रतिनिधि सभाको दोस्रो अधिवेशनका सम्भावित कार्यक्रमहरु सार्वजनिक
साउन ११ गतेको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?