फेरी–फेरी निर्माणको घोषणा, अर्पण र ऋचाको जोडी
सारांश
- मंगलबार अर्पण थापा र ऋचा शर्माले मुख्य भूमिकामा अभिनय गर्ने फिल्म ‘फेरी–फेरी’ निर्माणको घोषणा गरियो ।
- काठमाडौँमा एक कार्यक्रमका बीच फिल्मको घोषणासँगै शुभ मुहुर्त पनि गरियो ।
- पुरन थापाको लेखन र निर्देशन रहने फिल्मलाई निरज थापाले निर्माण गर्न लागेका हुन् ।
मंगलबार अर्पण थापा र ऋचा शर्माले मुख्य भूमिकामा अभिनय गर्ने फिल्म ‘फेरी–फेरी’ निर्माणको घोषणा गरियो । काठमाडौँमा एक कार्यक्रमका बीच फिल्मको घोषणासँगै शुभ मुहुर्त पनि गरियो । पुरन थापाको लेखन र निर्देशन रहने फिल्मलाई निरज थापाले निर्माण गर्न लागेका हुन् । कमेडी विधामा बन्ने यो फिल्मलाई निर्माण पक्षले नारी प्रधान फिल्म भनेको छ । माता बसुन्धारा मुभिज प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्ममा अर्पण र ऋचा बाहेक लय संग्रौला, ओमप्रतिक गुरुङ, पुरन थापा, ध्रुव कोइराला लगायतका कलाकारले पनि अभिनय गर्दैछन् ।
निर्देशक थापाले नेपालमा पहिलो पटक भित्रिएको रेड इपिक डब्लू हेलियम एट के क्यामेराले ‘फेरि–फेरि’ छायांकन गरिने जानकारी पत्रकार सम्मेलनमा दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया