साउन ११ गतेको राशिफल यस्तो छ

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण ११, २०७६
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकायको चर्चा चल्नेछ ।
  • जोश जाँगर र हिम्मत वढ्नेछ ।
  • शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकायको चर्चा चल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्य सम्पादनमा समस्या आउला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । वैदेशिक क्षेत्र कमजोर रहला । प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिवारमा सुख सन्तोष छाउला । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । आकस्मिक धन लाभ हुनेछ । राज्यबाट मानसम्मान मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अधिकार प्राप्तिका लागिपनि संघर्श गर्नु पर्ला । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) ठीक समयमा सही निर्णय लिन सकिनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । प्रेममा मधुरता छाउनेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । सामान हराउने वा नष्ट हुन सक्नेछ । अनावश्यक धन खर्च हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कार्यको योजना बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन बढी फलदायी रहनेछ । लाभदायक यात्रा रहला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । रमाइलो यात्राको योग रहेको छ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । विद्यामापनि सफलता पाइनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) गरेको कार्यमा सफलता पाईनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

अब प्रदेश सांसदलाई पनि गाडी सुविधा चाहियो
गण्डकी प्रदेशका सांसदले आफूहरुलाई पनि गाडी सुविधा चाहिने बताएका छन्। सत्तारुढ नेकपा सांसद आशा कोइरालाले शुक्रबार प्रदेश सभामा बोल्दै प्रदेश सभा सदस्य, प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यलाई पनि सवारी सुविधा चाहिने बताइन्।

‘गाउँ र नगरपालिकाका प्रमुख र उपप्रमुखले सवारी साधनको सुविधा पाइरहेको बेला, वडाध्यक्षहरुले पनि सवारी साधनको सुविधा पाइरहेका बेला के यी जनप्रतिनिधिहरु सुविधाकै कारण आफ्नो भूमिका निर्वाह गर्न बञ्चित हुनुपर्ने हो ?’

जनताका आवश्यकता सम्बोधन गर्न र भूमिकालाई प्रभावकारी बनाउन गाडी सुविधा चाहिने कोइरालाले बताइन्। ‘के आदर्शले मात्रै चल्छ र ?’ उनले भनिन्, ‘प्रदेश सभा, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरुलाई पनि सवारी साधनको सुविधा आवश्यक पर्ने मैले देखेकी छु।’

प्रदेश सांसदलाई कानुन निर्माताका रुपमा मात्रै नहेरी विकासका कामको अपेक्षा पनि जनताले गरेको कोइरालाले बताइन्। ‘जनताका समस्या जहाँ जति बेला जे पर्छ त्यो बुझ, विकास निर्माणका कामहरु तिमीले गर, योजना बनाऊ, अनुगमन गर,’ उनले भनिन्, ‘त्यो खालको अपेक्षा जनताको छ। त्यही भनेर भोट मागेर निर्वा्चित भएर संसदमा सबैजना आउनुभएको छ। जनताको आवश्यकता र चाहना सम्बोधन गर्न र भूमिकालाई प्रभावकारी बनाउन के आदर्शलेमात्रै चल्छ र ?

नेपाली कांग्रेसका सांसद मेखलाल श्रेष्ठले सबैलाई सुविधा बढाउँदै जाने हो भने प्रदेश सांसदलाई पनि गाडी चाहिने उल्लेख गरे।

गण्डकी प्रदेश सरकारले गाउँ र नगर कार्यपालिकाका सदस्यहरुको सुविधा हालै वृद्धि गरेको छ। उपप्रमुख र उपाध्यक्षलाई पनि गाडी सुविधाको निर्णय प्रदेश सरकारले गरेको छ। जनप्रतिनिधिहरुको सुविधा वृद्धि हुँदा संघीयतामाथि नै घृणा पैदा हुने नयाँ शक्तिका सांसद हरिशरण आचार्यले बताए। सांसद ईन्द्रलाल सापकोटाले भने सुविधा वृद्धि गर्दा विचार गर्नुपर्ने विचार व्यक्त गरे।

पारिश्रमिक तथा सुविधा सम्बन्धी केही प्रदेश कानुन संशोधन गर्न बनेको विधेयक सभाले शुक्रबार विधायन समितिमा पठाएको छ। आन्तरिम मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले विभाग बनाएर जिम्मेवारी दिँदै जानुपर्ने भएकाले नगर तथा गाउँकार्यपालिका सदस्यको सुविधा वृद्धि गर्नुपरेको जानकारी प्रदेश सभामा दिए।

प्रदेश सभाले प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी विधेयक शुक्रबार पारित गरेको छ। संघ सरकारले प्रदेश लोकसेवा आयोग गठनको मापदण्ड र आधार तोकिदिएको थियो। त्यसकै आधारमा प्रदेशले विधेयक तयार गरी प्रदेश सभाबाट पारित गरेको हो। अब प्रदेशले आफ्नै कर्मचारी भर्ना गर्न सक्नेछ।

मुख्यमन्त्री, प्रदेश सभामुख र प्रदेश सभामा प्रमुख प्रतिपक्ष दलका नेता रहने ३ सदस्यीय समितिले आयोग पदाधिकारी सिफारिस गर्नेछ। आयोगबाट भर्ना गरिने कर्मचारीमध्ये ४५ प्रतिशत समावेशीबाट र ५५ प्रतिशत खुला प्रतिस्पर्धाबाट हुनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनको मत परिणाम सार्वजनिक हुन अब ५ वटा क्षेत्रको मात्रै बाँकी  (कसको कति ?)
निर्वाचनको मत परिणाम सार्वजनिक हुन अब ५ वटा क्षेत्रको मात्रै बाँकी (कसको कति ?)
आइफा अवार्ड गर्ने निर्णयबाट पछि नहटेको सरकारको दावी
आइफा अवार्ड गर्ने निर्णयबाट पछि नहटेको सरकारको दावी
धनुषामा टिपर दुर्घटनाः दुईजनाको घटनास्थलमै मृत्यु
धनुषामा टिपर दुर्घटनाः दुईजनाको घटनास्थलमै मृत्यु
भागबन्डा नमिल्दा अल्झियो एमाले माओवादी एकता
भागबन्डा नमिल्दा अल्झियो एमाले माओवादी एकता
कोरोना भाइरसका कारण ३० प्रतिशतले वायु प्रदुषणमा कमी
कोरोना भाइरसका कारण ३० प्रतिशतले वायु प्रदुषणमा कमी
दाङबाट आयो पछिल्लो मतपरिणाम
दाङबाट आयो पछिल्लो मतपरिणाम
चीनले भारतलाई दियो अहिले सम्मकै गम्भिर चेतावनी
चीनले भारतलाई दियो अहिले सम्मकै गम्भिर चेतावनी
राष्ट्रिय हितका आधारमा एमसिसीबारे निर्णय : प्रवक्ता श्रेष्ठ
राष्ट्रिय हितका आधारमा एमसिसीबारे निर्णय : प्रवक्ता श्रेष्ठ
मेडिसिटीलाई एनएबीएच मान्यता प्राप्त, शिक्षा र स्वास्थ्यमा लगानी बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
मेडिसिटीलाई एनएबीएच मान्यता प्राप्त, शिक्षा र स्वास्थ्यमा लगानी बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रचण्डलाई अहिले निकै ठूलो घेराबन्दी,प्रचण्डको रक्षाका लागि काँध थाप्न तयार छौं : अनन्त
प्रचण्डलाई अहिले निकै ठूलो घेराबन्दी,प्रचण्डको रक्षाका लागि काँध थाप्न तयार छौं : अनन्त