तातोपानी कुण्डमा १५ हजारले गरे स्नान, ४२ लाख आम्दानी

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ११, २०७४
|
|
३५ पटक हेरिएको
Shares
तातोपानी कुण्डमा १५ हजारले गरे स्नान, ४२ लाख आम्दानी

सारांश

  • पर्वत ।
  • म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा एक वर्षको अवधिमा १५ हजार भन्दा बढीले स्नान गरेका छन् ।
  • स्नान गर्नेहरूबाट शुल्क र चन्दा गरेर गत आर्थिक वर्षमा ४२ लाख रुपैयाँ आम्दानी भएको छ ।

पर्वत । म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा एक वर्षको अवधिमा १५ हजार भन्दा बढीले स्नान गरेका छन् । स्नान गर्नेहरूबाट शुल्क र चन्दा गरेर गत आर्थिक वर्षमा ४२ लाख रुपैयाँ आम्दानी भएको छ ।

प्राकृतिक उपचारको स्थलको रूपमा परिचित कुण्डमा गत आर्थिक वर्ष ०७३\०७४ मा बाग्लुङ, पर्वत, मनाङ, मुस्ताङ पोखरा, काठमाडौ, भैरहवा, चितवन, नेपालगञ्ज, धरान लगायतका जिल्ला सर्वसाधारण आएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए ।

उनका अनुसार ‘१४ हजार ४ सयले टिकट लिएर तथा ६ सय स्थानीय बासिन्दाले निःशुल्क स्नान गरेका हुन् । हरेक वर्ष स्नान गर्न आउनेको संख्या बढेपछि समितिले कुण्ड आसपासका क्षेत्रमा पूर्वाधार विस्तार गर्दै आएको छ ।’कुण्डबाट आम्दानी भएको रकम स्थानीय सरस्वती माविको भौतिक पूर्वाधार विकासमा बर्सेनि १६ लाख सहयोग गर्ने गरिएको छ’, शाक्यले भने, ‘१० शिक्षकलाई तलब खुवाउन पनि यहाँकै अाम्दानी खर्च हुन्छ ।’

यस्तै स्वास्थ्यसहित विभिन्न पूर्वाधार विकास ९ लाख गरी २५ लाख रुपैयाँ भन्दा बढी खर्च हुने गरेको छ । कुण्डमा मुहानबाटै ४५ देखि ५० डिग्री सेल्सियसको तापक्रममा वीरेनुनको जस्तै स्वाद भएको तातोपानी आउँछ । अाधुनिक चिकित्सापद्धति अनुसार उपचार गराउँदा गराउँदा आजित भएका बिरामी यहाँ अाउने गर्छन् ।

ग्यास्ट्रिक, बाथ, ढाड दुख्ने, छाला, सुन्निएको, मर्किएको र पेट दुख्नेलगायतका स्वास्थ्य समस्या भएका बिरामीहरूले तातोपानी कुण्डमा स्नान गर्छन्। ‘विभिन्न शारीरिक समस्याका कारण नुहाउन आउनेहरू पाँच दिनदेखि दुई हप्तासम्म बसेर स्नान गर्छन्’, शाक्यले भने, ‘यहाँ स्नान गरेपछि असाध्य रोग पनि बिसेक हुन्छ।’म्याग्दीमा जिल्लामा बेनी नगरपालिका, धौलागिरि गाउँपालिकाको मुदी, रघुगंगा गाउँपालिकाको दग्नाम र अन्नपूर्ण गाउँपालिकाको घार लगायतका ठाउँमा गरी यस्ता अन्य कुण्ड पनि फेला परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?